काठमाडौं–च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लगातार जित कायम राखेको छ।
समूह एचअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आरबील लेइप्जिगलाई ५–० ले पराजित गरेको हो। उसले पहिलो हाफमा एक र दोस्रो हाफमा चार गोल गर्दै जित निकालेको हो।
पउल पोग्बाको सहयोगमा म्यासन ग्रिनउडले २१ औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।
दोस्रो हाफमा मार्कस रासफोर्डले ह्याट्रिक गरे। उनले ७४, ७८ र इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका हुन्। यस्तै ८७ औँ मिनेटमा पाएको पेनाल्टीमा एन्थानी मार्सलले गोलमा परिणत गरे ।
सोही समूहअन्तर्गत बुधबार राति नै भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्थानबुल बासाक्सेहिरलाई २–० ले पराजित गरेको छ। मुख्य खेलाडी नेइमार चोटका कारण मैदानबाट बाहिरिन बाध्य भएको खेलमा पिएसजीका लागि दुवै गोल मोइज किनले गरेका थिए।
६ अंकसहित म्यानचेस्टर युनाइटेड समूहको शीर्ष स्थानमा छ भने तीन अंकसहित पिएसजी दोस्रो र आरबी लेइप्जिग तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।