काठमाडौं–च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी यात्रा कायम राखेको छ। समूह सीअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले मार्सेइलीलाई पराजित गरेको हो।
अवे मैदानमा भएको खेलमा सिटीले मार्सेइलीलाई ३–० ले पराजित गरेको हो । सिटीको जितमा फेरान टोरेस, इल्केयी गुण्डोगान र रहीम स्टर्लिङ्गले गोल गरे।
१८ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा टोरेसले गोल गरी टिमलाई सुरुवाती अग्रता दिलाए। स्टर्लिङ्गको सहयोगमा ७६ औँ मिनेटमा गुण्डोगानले गोल गरे। यस्तै ब्र्रूयनाको सहयोगमा ८१ औँ मिनेटमा स्टर्लिङ्गले गोल गरेपछि सिटी ३–० ले विजयी भएको हो।
लगातार दुई खेलमा जित निकालेको सिटी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। सोही समूहअन्तर्गत मंगलबार राति भएको खेलमा एफसी पोर्टोले ओलम्पिकासलाई २–० ले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।