काठमाडाैं-च्याम्पियन्स लिगमा लिभरपुलले लगातार जितको यात्रा कायम राखेको छ। समूह डीअन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एफसी मिड्टजील्याण्डलाई २-० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिओगो जोटा र मोहम्मद सालहले गोल गरेका हुन् । ५५ औँ मिनेटमा जोटा र इन्जुरी समयको तेस्रो अर्थात् ९३ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरी टिमलाई जित दिलाएका हुन्
लगातार दुई खेलमा जित निकालेको लिभरपुल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । सोही समूहको अर्को खेलमा एट्लान्टा र अजाक्सले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएका अरु खेलमा बार्यन म्युनिखले लोकोमोटिभ मस्कोलाई २-१ तथा एथ्लेटिको मड्रिडले आरबी साल्जबर्गलाई ३-२ ले पराजित गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।