काठमाडौं- नेपाल आयल निगमले चाडबाडको समयमा पनि स्थानीय आवश्यकताअनुसार देशभरका डिपोहरू खोल्ने भएको छ। उपभोक्तालाई सरल र सहज तिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउनका लागि देशैभरका डिपोहरू आवश्यकताअनुसार खोल्ने निर्णय गरिएको निगमले जनाएको छ।
मंगलबार एक सूचना जारी गर्दै निगमले भनेको छ‚ ‘निगमले चाडबाडको समयमा समेत आम उपभोक्ताले पेट्रलियम पदार्थ सहज र सरल तरिकाबाट प्राप्त गरून् भन्ने उद्देश्यले निगमका देशैभरीका डिपोहरू स्थानीय आवश्यकताअनुसार खुल्ला गरेको व्यहोरा अनुरोध छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।