• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाट किन पछि हट्यो जुरिच, अब कसरी बन्छ विमानस्थल? गुरुयोजना निर्माण कम्पनी छनौट अन्तिम चरणमा
64x64
उत्तम काप्री मंगलबार, कात्तिक ११, २०७७  १८:३७
1140x725

काठमाडौं- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानी बोर्डले प्रारम्भिक रूपमा छनौट गरेको जुरिच एयरपोर्ट इन्टरनेसनल कम्पनी निर्माण प्रक्रियाबाट पछि हटेको छ। सरकारले तोकेको समयसीमाभित्र विस्तृत आर्थिक प्रस्ताव पेस नगरेपछि विमानस्थल निर्माण प्रक्रियाबाट जुरिचपछि हटेको हो।

विमानस्थल निर्माणका लागि जुरिचसँग लगानी बोर्डले सेप्टेम्बर ३० सम्मको समय दिएर विस्तृत प्रस्ताव माग गरेको थियो। तर, जुरिचले २३ सेप्टेम्बरमा नै मेलमार्फत कोरोनाका कारण एभिएसन क्षेत्रमा ठूलो असर परेको र आफूहरुले नेपालले तोकको समयमा केही प्रस्ताव पेस गर्न नसकेको जानकारी गराएको लगानी बोर्ड कार्यालयका प्रवक्ता धर्मेन्द्र मिश्रले नेपाल लाइभसँग बताए।

‘विमानस्थल निर्माणका लागि लगानी बोर्डले निर्णय गर्दै गत मार्चमा विस्तृत आर्थिक प्रस्ताव माग गरेको थियो’, उनले भने, ‘सरकारले अप्रिल १८ सम्मको समय दिए पनि कोरोनाका कारण लम्ब्याएर सेप्टेम्बर ३० सम्म पुर्‍याएको थियो। तर, उक्त समयमा पनि जुरिचले प्रस्ताव गरेन।’

निजगढ विमानस्थलको निर्माणको अब कसरी अगाडि बढ्छ त भन्ने प्रश्नमा मिश्रले बोर्ड बैठकले गर्ने निर्णयअनुसार काम अगाडि बढाउने बताए। बोर्डको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहने व्यवस्था छ।

विमानस्थल निर्माणका लागि सेप्टेम्बर ३० को समयसीमा सकिएपछि अझै पनि समय थप गर्ने पक्षमा सरकार छैन। केही समयअगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले पनि समय नथप्ने भन्दै बोर्डको कार्यालयमा आग्रह गरेका थिए।

विमानस्थल निर्माणका लागि लगानी बोर्डले जुरिचलाई छनौट गर्दै जनवरी १७ मा एक महिनाको समय दिँदै व्यवसायिक प्रस्ताव पेस गर्न सूचना प्रकाशन गरेको थियो। तर, उक्त समयमा जुरिचले केही समय माग गरेको र पछि कोभिड-१९ को महामारी आएको भन्दै सरकारले सेप्टेम्बर ३० सम्म समय थप गरेको थियो।

विमानस्थल निर्माणका लागि ७ कम्पनीले ईच्छा जाहेर गरे पनि लगानी बोर्डले जुरिच मात्रै छनौट गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो। पिपिपी (सार्वजनिक-निजी साझेदारी) मोडलमा विमानस्थल निर्माणका लागि चासो देखाउँदै प्रस्ताव पेस गरेका ७ मध्येबाट स्विट्जरल्यान्डको जुरिच कम्पनी छनोट गर्ने निर्णय भएको थियो।

जुरिचले विस्तृत प्रस्ताव किन पेस गरेन?
जुरिचले कोरोनालाई कारण देखाए पनि मूल विषय भने अर्कै रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतको भनाइ छ। प्राधिकरण स्रोतका अनुसार जुरिचले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको जिम्मा दिने भए मात्रै विस्तृत प्रस्ताव पेस गर्ने बताउँदै आएको थियो। तर, सरकारले उक्त निर्णय भने गरेको थिएन। जसका कारण जुरिचले प्रस्ताव नै पेस नगरेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोत बताउँछ।

Ncell 2
Ncell 2

यस्तै चुरिचले नेपालको अदालतमा बारम्बार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा मुद्दा परे पनि सबै विषय क्लियर भएको अवस्थामा मात्रै विस्तृत प्रस्ताव प्रेस गर्ने भन्दै आएको थियो। बोर्डले दिएको समयसम्म पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा सर्वोच्चमा परेको मुद्दाको पनि किनारा लाग्न सकेको थिएन।

सरकारले ८० वर्ग किलोमिटर क्षेत्रमा विमानस्थल निर्माण गर्ने भन्दै लगानी सम्मेलनमा विमानस्थलको खाकासमेत प्रस्तुत गरेको थियो। सम्मेलनका क्रममा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ७ वटा प्रस्ताव परेका थिए। लगानी बोर्डले सातमध्ये ६ वटा प्रस्तावकले मापदण्ड नपुर्‍याएको ठहर गरेको थियो। विमानस्थल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याकंन (इआइए) प्रतिवेदन समेत स्वीकृत भइसकेको छ।

सरकारले यस आर्थिक वर्षको बजेटमा समेत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको लागि आवश्यक पहुँच मार्ग निर्माण तथा बस्ती स्थानान्तरणका लागि भन्दै ५० करोड रुपैयाँ विनियोजन गरेको छ। बाराको निजगढमा सुविधा सम्पन्न तथा वैकल्पिक निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषय लामो समयदेखि सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिँदै आएको छ।

यो आयोजना आर्थिक वर्ष २०७१/७२ मा सुरु भई आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने अपेक्षा गरिएकोमा संशोधित कार्य तालिकाअनुसार आर्थिक वर्ष २०९१/९२ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ। यस आयोजनाको कूल अनुमानित लागत १ खर्ब २० अर्ब रहेको छ। 

हाल विमानस्थल निर्माण क्षेत्रको दक्षिण पूर्वी र पश्चिम सीमामा तारबार कार्य सम्पन्न भएको छ भने पश्चिमी सिमाना पसाहा खोलामा तटबन्ध निर्माण कार्य गरी विमानस्थल निर्माण क्षेत्रको चार किल्ला यकिन गर्ने कार्य सम्पन्न गरिएको छ। जग्गा अधिग्रहण एवं मुआब्जा वितरणसम्बन्धी कार्य पनि अन्तिम चरणमा रहेको छ।

सर्वोच्च अदालतको आदेशले निर्माणस्थलको रुख कटान गर्ने कार्य स्थगित भएको छ।

आयोजनाका लागि आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ५० करोड र चालु आर्थिक वर्ष २०७७/७८ मा ५० करोड रुपैयाँ विनियोजन भए पनि खर्च भएको छैन।

विमानस्थल निर्माणका लागि पहुँच मार्ग निर्माण गर्न रुख कटानीको जिम्मा नेपाली सेनालाई दिने सम्झौतासमेत भइसकेको छ। तर १:२ को अनुपातमा काटिएको रुखको विकल्पमा वृक्षरोपण गर्नुपर्ने प्रस्तावको फाइल मन्त्रिपरिषद्‍मा पुगेको छ। तर, सर्वोच्चमा मुद्दा रहेका कारण उक्त विषयमा पनि निर्णय हुन सकेको छैन।

चर्चाका चार दशक
सरकारले राष्ट्रिय योजना आयोगको छैटौं पञ्चवर्षीय योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा ‘फुलफेज’मा ठूला जहाजसमेत अवतरण गर्न सक्ने अर्को विमानस्थल निर्माणको विषय उठान गरेको थियो।

२०३७ देखि २०४२ सम्मको योजनामा समावेश भएको विषय ७औं पञ्चवर्षीय योजनामा पनि समावेश भयो। त्यसपछिको ८औं योजनामा उचित ठाउँको छनोट गरी विमानस्थल निर्माण थालनी गर्नु भनिएको थियो। १०औं पञ्चवर्षीय योजनामा आइपुग्दा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको थालनी नै गर्नुपर्ने विषय उल्लेख भएको थियो।

प्रत्येक पञ्चवर्षीय योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अर्को विमानस्थल निर्माण गर्नुपर्ने विषय उठानसँगै सरकारले सन् १९९५ मा विदेशी परामर्शदाताको सहयोगमा विमानस्थल निर्माणका लागि १० ठाउँमा ७ क्षेत्रको अध्ययन गर्दै तत्कालीन हवाई विभाग तथा सरकारलाई प्रतिवेदन बुझाएको थियो।

नेपिकोनले बाराको निजगढ, सिमरा डुमरवाना, पथलैया, रत्नपुर, भैरहवा, विराटनगर, नेपागञ्ज, दाङ, चितवनको शुक्रनगर र पोखरामा विमानस्थल निर्माणका लागि अध्ययन गरेको थियो। अध्ययनमा सिमराको डुमरवानामा एयर रुट, रिभर ट्रेनिङ प्लड कन्ट्रोल, मुआब्जा र पुनर्वासका कारण उचित नरहेको ठहर गरेको थियो।

यसैगरी, पथलैयामा पनि सिमरा डुमरवानाकै जस्तो समस्या देखाएको थियो भने रत्नपुरमा नजिक रहेको पहाड समस्या रहेको ठहर गर्दै उक्त तीन स्थानमा चाहे अनुसारको विमानस्थल निर्माण गर्न नसक्ने प्रतिवेदनमा थियो। चितवनको शुक्रनगरको हकमा भने चितवन राष्ट्रिय निकुञ्ज र जहाजलाई घुक्ने एयर स्पेस कम हुने प्रतिवदेनमा उल्लेख गरिएको थियो।

भैरहवाको हकमा सीमा नजिक, पश्चिमतर्फका ३ वटा नदीका कारण रन वे लामो बनाउन नसकिने प्रतिवेदनमा उल्लेख थियो। नेपालगञ्जको राँजा विमानस्थल रहेको ठाउँ डुन्डुवा नदी नजिकै रहेको, काठमाडौंबाट टाढा रहेको र पुनर्वासको पनि समस्या रहेको प्रतिवेदनमा उल्लेख थियो।

यसैगरी, विराटनगरको हकमा भने सीमा नजिक, काठमाडौंबाट टाढा, पुनर्वास र मुआब्जा प्रमुख समस्या रहेको प्रतिवेदनमा उल्लेख थियो। यस्तै पोखरा भने साना जहाजका लागि मात्रै उचित हुने उल्लेख थियो।

निजगढमा मुआब्जा, पुनर्वास र एयर स्पेसलगायतका कुनै पनि समस्या नरहेको प्रतिवेदनमा उल्लेख थियो। सोही आधारमा सरकारले विश्व र नेपालको बढ्दो हवाई ट्राफिकलाई नेपालभित्रै व्यवस्थापन गर्न सकिने अवधारणासहित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाएको हो।

गुरुयोजना निर्माणका लागि कम्पनी छनौट अन्तिम चरणमा
सरकारले बाराको निजगढमा निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको कामलाई तीव्रता दिइने बताएको छ। गुरुयोजना निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनी छनौट प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको जानकारी दिएको हो।

केही दिनअगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि कम्पनी छनौट गर्ने काम एक साताभित्रै टुंगो लगाउन प्राधिकरणलाई निर्देशन दिएका थिए।

प्राधिकरणको राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको निर्देशनालयले पनि विमानस्थलको गुरुयोजना निर्माण गर्ने कम्पनी तय गर्न कम्पनी छनोटको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको हो। आयोजना निर्देशनालयका प्रमुख तथा इन्जिनियर प्रदीप अधिकारीले गुरुयोजना तय गर्ने गरी कम्पनी छनौटको काम अन्तिम चरणममा पुगेको र केही दिन भित्रै अन्तिम टुंगो लगाइने जानकारी दिए।

प्राधिकरणले एसियाकै ट्रान्जिट हब विमानस्थलका रूपमा विकास गर्ने गरी बाराको निजगढमा ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ निर्माणको काम सुरु गरेको छ।  सोही अनुरुप प्राधिकरणले झन्डै ५० करोड रुपैयाँको लागतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न लागेको हो।

गुरुयोजना निर्माणका लागि आशयपत्र माग गर्दै प्राधिकरणले ४५ दिनको समयसीमा राखेर ग्लोबल टेन्डर गरेको थियो। टेन्डरमा १३ वटा कम्पनीले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये प्राधिकरणले ६ वटा कम्पनीलाई ‘सर्टलिस्ट’ गरेको थियो। सिबिआरीरइन्डिया एभिएसन कन्सल्टिङ एन्ड सपोर्ट एलएपी (जेभी), एइसिओम एसियन कम्पनी लिमिडेट, एनएसिओ, सिजीइन्फ्राटा /बिडिए जेभी, डोर्च कन्सल्टिङ र रितरएसएइसी जेभी सर्टलिस्टमा परेका थिए।

यसरी सर्टलिस्टमा परेका कम्पनीहरुबाट प्राधिकरणले पुनः विस्तृत प्रस्ताव आह्वान गरेको थियो। विस्तृत प्रस्ताव आह्वानमा भने तीन वटा कम्पनीले मात्रै भाग लिएको प्राधिकरणले जनाएको छ। विस्तृत प्रस्तावमा भाग लिनका लागि आवेदन भएका प्रस्ताव खोलेर अहिले मूल्यांकनको काम भइरहेको प्रमुख अधिकारीले जानकारी दिए। अब यी नै तीन कम्पनीमध्ये एउटालाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको जिम्मा दिने अधिकारी बताउँछन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  १८:३७
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सप्तरी–सिराहा सडकको नयाँ ट्रयाक खुल्दै सडक सुरु हुने बित्तिकै दुवैतर्फ व्यापार व्यवसायमा ठूलो फरक पर्ने व्यवसायीको भनाइ छ। स्थानीय व्यापारी राजेश यादवले बाटो खुलेसँगै ढुवा... शनिबार, जेठ २४, २०८२
मध्यपहाडी लोकमार्ग अन्तर्गत मोदीखोलामा पुल निर्माण सुरु राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो ।  मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्नेगरी... बिहीबार, जेठ २२, २०८२
कान्तिलोकपथ चार दिन बन्द हुने मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले यही जेठ २१ देखि २४ गतेसम... मंगलबार, जेठ २०, २०८२
ताजा समाचारसबै
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री शनिबार, जेठ २४, २०८२
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्