काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका अवसरमा आइतबार गुरु खेमचन्द्र ढकालबाट टीका तथा जमरा ग्रहण गरेकी छिन्। उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन्।
राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजया दशमीको टीका र जमराका साथै आशिर्वाद ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ।
राष्ट्रपतिले यसअघि इच्छुकहरुलाई टीका लगाउने गरे पनि यसपटक त्यस्तो कार्यक्रम स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।