काठमाडाैं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैंकाे शुभकामना व्यक्त गर्ने क्रममा सरकारप्रति आक्रोश पोखेका छन्।
सरकारी उदासीनताले जनताको स्वास्थ्य जोखिममा पुगेको देउवाले विज्ञप्तिमार्फत् जनाएका छन्। 'नियन्त्रणमा पर्याप्त समय हुँदाहुँदै पनि सरकार पुरै असफल भएको छ । आम जनताको स्वास्थ्य खतरामा परेको छ, अर्थतन्त्र धराशायी भएको छ ।' उनले भनेका छन्, 'जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको छ। सरकार जनताका प्रति संवेदनहीन, गैरजिम्मेवार, अनुत्तरदायी र कर्तव्य विमुख देखिएको छ ।'
देशमा सरकारको उपस्थिति नै नरहेको आभाष भएको उल्लेख गर्दै देउवाले व्यक्ति नै सतर्क भई पर्व मनाउन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।