काठमाडौं–इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ। अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले आर्सनललाई १–० ले पराजित गरेको हो ।
लेस्टरको जितमा ८० औँ मिनेटमा जेमी भर्डीले गरेको गोल नै निर्णायक बन्यो । ३३ वर्षका भर्डीले चोटका कारण यसअघिका दुई खेल गुमाएका थिए।
तर आइतबार रातिको खेलमा उनी झण्डै एक घण्टापछि मैदान छिरेका थिए। उनको गोलको सहयोगमा लेस्टर सिटीले आर्सनललाई उसकै मैदानमा सन् १९७३ पछि पहिलोपटक पराजित गरेको छ।
जितपछि ६ खेलबाट १२ अंक जोडेको लेस्टर सिटी चौथो स्थानमा उक्लिएको छ । ९ अंक रहेको आर्सनल १० औँ स्थानमा पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।