काठमाडौं–साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वान फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ । यो जितसगै पिएसजी शीर्ष स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनलाई ४–० ले पराजित गरेको हो। पिएसजीका लागि मोइज किनले दुई तथा केलियन एमबाप्पेले दुई गोल गरे।
किनले पिएसजीबाट आफ्नो पहिलो र दोस्रो गोल शनिबार रातिकै खेलमा गरेका हुन्। उनले बाकेरको सहयोगमा तेस्रो मिनेटमा नै गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए। २३ औँ मिनेटमा नेइमारको सहयोगमा उनले व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।
नेइमारले ८२ औँ मिनेटमा एमबाप्पेका लागि गोल गर्न सहयोग गरे । एमबाप्पेले सराबियाको सहयोगमा ८८ औँ मिनेटमा गोल गरेपछि पिएसजीले ४–० को शानदार जित दर्ता गर्न सफल भएको हो ।
जितपछि शीर्ष स्थानमा पुगेको पिएसजीको ८ खेलबाट १८ अंक भएको छ । दोस्रो स्थानको लिलेको सात खेलबाट १७ अंक छ ।
लिगअन्तर्गत शनिबार राति नै भएको खेलमा लोरियन्ट मार्सेइलीसँग १–० ले पराजित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।