एजेन्सी–जर्मन बुण्डेस लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा बायर्न म्युनिखले फ्र्यांकफर्टलाई ५–० ले पराजित गरेको छ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले कीर्तिमानी ह्याट्रिक गरे। उनले १०, २६ र ६० औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका हुन्।
त्यसपछि ७२ औँ मिनेटमा लिरोय साने तथा ९० औँ मिनेटमा जमाल मुसिएलाले गोल गरी घरेलु टोली बार्यनलाई शानदार जित दिलाए।
लेवान्डोस्की बुण्डेस लिगाको एक सिजनमा सुरुका पाँच खेलमा १० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
जित निकालेको बायर्न पाँच खेलबाट १२ अंकसहित दोस्रो स्थानमा पुगेको छ । उ शीर्ष स्थानको आरबी लेइप्जिग भन्दा एक अंकले पछि रहेको छ । लेइप्जिगले हेर्थ बर्लिनलाई २(१ ले पराजित गरेपछि पाँच खेलबाट १३ अंक बनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।