गोरखा- गोरखाको मनास्लु हिमाल आरोहणमा गएका बेलायती नागरिक ४७ वर्षीय फिलिप हार्वरको सोमबार मृत्यु भएको छ ।
आरोहणका क्रममा लेक लागेपछि ४ नं बेस क्याम्पबाट तल झर्दै गर्दा हार्वरको मृत्यु भएको हो।
हार्वर ‘हिमालयन गाइड कम्पनी’ मार्फत काठमाडौँबाट मनास्लु पुगेका थिए। सो टोलीमा ८ जना आरोही रहेका थिए। उनीहरु मनास्लु आरोहण गर्न गएका हुन्।
लेक लागेर हार्बरको निधन भएको कम्पनीका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।