• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दसैंका विविध सन्दर्भ

दिनेशराज शर्मा आइतबार, कात्तिक ९, २०७७  ०७:२६
1140x725

एकथरीले दसैं सबैको चाड हो भन्छन्। अर्कोथरी यो मान्यता स्वीकार्न तयार छैनन्। यसो भन्दै गर्दा केही समय अघिको एउटा घटना सम्झिन्छु। गोरे बहादुर खपांगीले दसैंलाई बाहुन क्षेत्रीको चाड हो भनेर विरोध गरेका थिए। तर पछि उनी राजाको मन्त्रिमडलमा गए र टीका थापे।

पहिलेदेखि नै दसैं कसको चाड हो भनेर आवाजहरु उठेका छन्। अन्य जातजातिको हैन भनेर विरोध पनि भएको छ। तर, अधिकांश नेपालीले यो पर्व मानिरहेका छन्। समयअनुसार दसैं मनाउने तरिका पनि फरक हुँदै जान्छ। म यसलाई अन्यथा लिन्नँ। किनभने, संस्कृति भनेको नदी जस्तै हो, बगिरहन्छ। बग्दाबग्दै नदीले दोभानहरु बनाएको हुन्छ। माथि जुन आकारले बगेको थियो, तल पनि उही आकारले बग्छ भन्ने हुँदैन। 

त्यसकारण दसैं कसरी मान्ने भन्दा पनि दसैं किन मानियो? दसैंमा गरिने कतिपय चालचलन किन मानिन्छ? र, मेरो घरमा दसैं मान्दा के गरिन्थ्यो, के गरिन्छ भन्ने कुरा यस लेखमा चर्चा गर्नेछुः

ऐतिहासिक दृष्टिमा दसैं
दसैंलाई ऐतिहासिक दृष्टिले हेर्दा शक्तिको आराधनाको पर्व हो।  दसैंमा गरिने पूजा भनेको विजया यात्रा हो।  रामले रावणमाथि विजय गरेको हुनाले हर्षबढाइ गरिएको विजय यात्रा हो। दक्षिण भारत र श्रीलंकातिर रावण पनि पुजिन्छन्।

जनैपूर्णिमा ब्राह्मणको, दसैं क्षेत्रीयको, तिहार वैश्यको, फागू शुद्रको चाड हो भन्ने भनाइ छ। दसैं बहुसंख्यक नेपालीको चाड हो। जनैपूर्णिमा, तिहार र फागुको दाँजोमा दसैंको चर्चा इतिहासमा उति पाइँदैन।

धेरै पहिले झण्डै तीन महिनाको अन्तरमा दसैं हुन्थ्यो। बसन्त ऋतुको चैतमा, गृष्मको असारमा, शरद आश्विन शुक्लमा र  शिशिर ऋतुको पुसमा दसैं मानिन्थ्यो। बसन्त ऋतुको र शरद् ऋतुको दसैंको चलन यद्यपि छ। असार र पुसको दसैं हराइसक्यो।

नेपालको इतिहास लिच्छवीकालमा प्रष्ट छैन। लिच्छवीकालका २५० वटा अभिलेख पाइएको छ। ती अभिलेखमा दसैंको चर्चा आएको पाइँदैन। सबै कुरा पाइँदैन। तापनि दसैं मनाइन्थ्यो भन्ने संकेत पाइन्छ।

सक् संवत् ४२५ तदअनुसार विस ५६० को राजा मानदेवको पालाको एउटा शिलालेख भगवतिको चर्चा आएको छ। महिषासुरमर्दिनीको मूर्तीको पादपीठ भएर त्यो अभिलेख छ। मल्लकालीन अभिलेखमा भने कुन दिनमा घटस्थापना गर्ने, कहिले अष्टमी मान्ने कहिले टीका लगाउने चर्चा भएको पाइन्छ। त्यसकारण मध्यकालीन दसैं राम्ररी मानिँदोरहेछ भन्न सकिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

विजयी यात्रा हो दसैं
इतिहासकार डा महेशराज पन्तले जनैपूर्णिमादेखि रानीपोखरीसम्म (२०७४) भन्ने पुस्तक लेख्नुभएको छ। उक्त पुस्तकमा दसैं सम्बन्धी चर्चा गरिएको छ। त्यही पुस्तकको केही भनाइ म यहाँ लिन्छु।

‘शरद् ऋतुमा विजिगिषु राजाहरुले विजययात्रा गर्ने कुराको बयान पाइन्छ। खोलानाला तर्न सकिने भएपछि र बाटाघाटामा हिलो सुकिसकेपछि शरद् ऋतुमा घोडाको निराजन भन्ने विधि गरिसकेपछि मात्रा राजा रघु विजययात्रा गर्न गएको बयान पाइन्छ।

राजाले विजययात्रा थाल्नुभन्दा अगाडि असोज महिनाको नवौं दिनमा र विजययात्रा पूरा भइसकेपछि तथा घोडालाई रोग लाग्दा वा शान्तिकर्म गर्दा घोडाको निराजन गर्नुपर्छ। चारचार महिनामा ऋतुको सन्ध्याकालीन हात्तीको निराजन गर्नू भनी पाइन्छ।

निराजन विधिमा विजययात्रामा गएको जस्तो अभिनय गरी शत्रुको माटोको मूर्ती बनाइ त्यस मूर्तीको छातीमा शूलले रोप्ने कुरा पनि त्यहाँ उल्लेख छ। शरद ऋतुमा महाअष्टमीको दिन दुर्गा पूजा गर्नू र दशमीको दिन घोडाको र हात्तीको निराजन गर्नू भनी निराजनको विधि विस्तृत कालिकापूराणमा ८५ अध्यायमा लेखिएको छ।

हाम्रा पुराना शास्त्रहरु कौटिल्य अर्थशास्त्र, रघुवंश, बृहत् संहितामा दसैंको चर्चा नभए पनि निराजना वा निराजनको चर्चा चलिआएकोले तथा कालिका पुराणमा भने शरद् ऋतुमा महाअष्टमीको दुर्गाको पूजा र दशमीको दिन निराजन गर्नुपर्छ भनी उल्लेख भएको छ।

पछिल्लो कालमा निराजन विधि दसैंको अंग हुन गएको देखिन्छ। जुद्ध सडकमा दमकल अगाडि सडकपारीको स्थानमा दसैंको महानवमीको दिन अहिलेसम्म पनि हुने गरेको घोडाहरुको नायक रेवन्तको पूजालाई निराजनकै रुपमा लिन सकिन्छ।’

त्यसकारण दसैं विजय यात्राको प्रतीक हो भन्दा पनि हुन्छ।

देवीको चर्चा पछि भएको हो 
अहिले दसैंमा देवीको चर्चा हुने गरेको छ। भारतमा त दुर्गाको विशेष पूजा हुने गर्छ।
 
देवीको चर्चा वैदिक कालदेखि नै भए पनि हामीले दसैंमा मान्ने गरेको जस्तो देवी भने अलि पछिल्लो कालमा मात्रै चर्चा आएको भेटिन्छ। उदाहरणको लागि मृच्छकटिक ६।२७ मा देवीले शुम्भ र निशुम्भलाई मारेको कुरालाई दसैंमा पाठ गरिने चण्डी प्रसिद्ध दुर्गा सप्तशतीको ९–१० अध्याय शुम्भ निशुम्वबधसँग जोड्न सकिन्छ।

दसैंमा पाठ गरिने दुर्गा सप्तशती अथार्त चण्डीको पुस्तक नेवार राज्यमा चौधौँ शताब्दीमा देखिन पाएको हुनाले त्यसताकासम्म दसैंको प्रतिष्ठा राम्रै भएको पाउन सकिन्छ।

गोरखादेखि फूलपाती किन ल्याइयो?
मैले ‘गोरखाको इतिहास’ पुस्तक लेख्ने क्रममा गोरखामा नै केही समय बसेको थिए। एक सालको दसैं पनि त्यहीँ मानेको थिए। विभिन्न समयको अनुसन्धान गर्नुपर्ने भएको हुँदा त्यो साल गोरखाको दसैं पनि हेरें।

विस १६१६ मा लमजुङका राजकुमार द्रव्य शाहले गोरखा जिते। गोरखा जितेपछि गोरखाको अर्काे ठाउँबाट बाजा बजाउँदै फूलपातीको दिनमा फूलपाती ल्याइँदो रहेछ। गोरखा दरबार नजिक आइपुगेपछि बाजा बजाउन रोकिने रहेछ। यसको रोचक कारण के रहेछ भने, त्यो स्थानमा आएपछि पनि बाजा बजाउँदा लमजुङेले सुन्छन्, विजयी यात्रामा भड्किन्छ भनेर चलन रहेछ।

त्यस्तै, जब श्री ५ पृथ्वीनारायण शाहले काठमाडौं जिते, त्यसरी नै हर्ष बढाइँ गर्दै गोरखादेखि काठमाडौंसम्म फूलापाती ल्याउने चलन बस्यो।

नेपाली सेनाले किन हर्षबढाइँ गर्छ?
मध्यकालदेखि नै नेपालको विभिन्न स्थानहरुमा किल्लाहरु बने। ती किल्लाहरुमा शत्रुले आक्रमण नगरुन् भनेर पुजा गर्ने चलन थियो। सेनाले शक्तिको आरधाना गर्ने भएकाले र दसैं पनि शक्तिको आरधानाको पूजा भएकाले सेनाले दसँैमा विशेष पूजा गरेको हो।

पृथ्वीनारायण शाहको पालादेखि झन् यो क्रम बढेर गयो। किल्ला किल्लामा पूजा गर्ने सप्तमीको दिन बढाइँ गर्ने चलन आएको हो।

मेरो घरको दसैं
दसैंमा काठमाडौंमा चंगा उडाउने चलन थियो। मेरो घरमा भने त्यस्तो चलन थिएन। छाउनीमा गएर पनि चंगा उडाउने चलन थियो। केही वर्ष म पनि घरमा चंगा उडाउन खोज्थें तर बुबालाई मन पर्दैनथ्यो, त्यसैले चंगा उडाउन जानिएन। नौं रात्रा भर तेह्र अध्याय चण्डी पाठ गर्नुपथ्र्यो। अहिले पनि म यो पाठ गर्छु।

वाणी विलास पाण्डेको देवी स्तुती पाठ बेलुका गर्ने हाम्रो घरमा चलन छ। अहिले जस्तो ज्यादै धेरै भीडभाड गरेर देवताको पिठमा जाने चलन थिएन। घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म कुभिण्डो र अष्टमीमा बोकको बली दिने चलन थियो।

पूजा गर्नेले नभइ अर्काले काट्दिने चलन थियो। हाम्रो घरमा राता पूजा गर्दा बेलुकी ९ वटा चामलको रोटी ९ वटा बारा तथा फलफूल चढाउने चलन थियो।

बुबाले अर्थ लाइलाइकन हाम्रो घरमा सकेसम्म खरखर गर्नेभन्दा पनि अर्थ बुझीबुझी गर्ने चलन थियो।

चण्डी पाठ लिएर अर्थ बुझेर गर्ने। दसैंको दिनमा मामाघरमा जाने चलन हो। हरेक दिन कन्या पूजा गरेपछि नवमीको दिन पनि कन्यालाई पूजा र विशिष्ट लुगा सहित नगद दिने चलन थियो। पहिले पहिले हाम्रो घरमा कुमार पनि पूजा गर्ने चलन थियो।

अहिले कोरोनाले बाधा पर्यो होला तर आफ्नो धर्म छोड्न हुँदैन। मनोवैज्ञानिक रुपमा शान्ति पाउनको लागि पनि पर्वहरुले धेरै सहयोग गर्छन्। त्यसकारण सुरक्षित भएर सबैले दसैं मानौं। दसैंको शुभकामना। 

(प्रजु पन्तसँग कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०७:२६
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ
सरकारको कर नीतिविरुद्ध कुलमान उत्रिए मैदानमा, देशभर हस्ताक्षर संकलन
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ आइतबार, भदौ ७, २०८३
सरकारको कर नीतिविरुद्ध कुलमान उत्रिए मैदानमा, देशभर हस्ताक्षर संकलन आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक निर्माण गरिने आइतबार, भदौ ७, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्