• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दसैंका विविध सन्दर्भ

दिनेशराज शर्मा आइतबार, कात्तिक ९, २०७७  ०७:२६
1140x725

एकथरीले दसैं सबैको चाड हो भन्छन्। अर्कोथरी यो मान्यता स्वीकार्न तयार छैनन्। यसो भन्दै गर्दा केही समय अघिको एउटा घटना सम्झिन्छु। गोरे बहादुर खपांगीले दसैंलाई बाहुन क्षेत्रीको चाड हो भनेर विरोध गरेका थिए। तर पछि उनी राजाको मन्त्रिमडलमा गए र टीका थापे।

पहिलेदेखि नै दसैं कसको चाड हो भनेर आवाजहरु उठेका छन्। अन्य जातजातिको हैन भनेर विरोध पनि भएको छ। तर, अधिकांश नेपालीले यो पर्व मानिरहेका छन्। समयअनुसार दसैं मनाउने तरिका पनि फरक हुँदै जान्छ। म यसलाई अन्यथा लिन्नँ। किनभने, संस्कृति भनेको नदी जस्तै हो, बगिरहन्छ। बग्दाबग्दै नदीले दोभानहरु बनाएको हुन्छ। माथि जुन आकारले बगेको थियो, तल पनि उही आकारले बग्छ भन्ने हुँदैन। 

त्यसकारण दसैं कसरी मान्ने भन्दा पनि दसैं किन मानियो? दसैंमा गरिने कतिपय चालचलन किन मानिन्छ? र, मेरो घरमा दसैं मान्दा के गरिन्थ्यो, के गरिन्छ भन्ने कुरा यस लेखमा चर्चा गर्नेछुः

ऐतिहासिक दृष्टिमा दसैं
दसैंलाई ऐतिहासिक दृष्टिले हेर्दा शक्तिको आराधनाको पर्व हो।  दसैंमा गरिने पूजा भनेको विजया यात्रा हो।  रामले रावणमाथि विजय गरेको हुनाले हर्षबढाइ गरिएको विजय यात्रा हो। दक्षिण भारत र श्रीलंकातिर रावण पनि पुजिन्छन्।

जनैपूर्णिमा ब्राह्मणको, दसैं क्षेत्रीयको, तिहार वैश्यको, फागू शुद्रको चाड हो भन्ने भनाइ छ। दसैं बहुसंख्यक नेपालीको चाड हो। जनैपूर्णिमा, तिहार र फागुको दाँजोमा दसैंको चर्चा इतिहासमा उति पाइँदैन।

धेरै पहिले झण्डै तीन महिनाको अन्तरमा दसैं हुन्थ्यो। बसन्त ऋतुको चैतमा, गृष्मको असारमा, शरद आश्विन शुक्लमा र  शिशिर ऋतुको पुसमा दसैं मानिन्थ्यो। बसन्त ऋतुको र शरद् ऋतुको दसैंको चलन यद्यपि छ। असार र पुसको दसैं हराइसक्यो।

नेपालको इतिहास लिच्छवीकालमा प्रष्ट छैन। लिच्छवीकालका २५० वटा अभिलेख पाइएको छ। ती अभिलेखमा दसैंको चर्चा आएको पाइँदैन। सबै कुरा पाइँदैन। तापनि दसैं मनाइन्थ्यो भन्ने संकेत पाइन्छ।

सक् संवत् ४२५ तदअनुसार विस ५६० को राजा मानदेवको पालाको एउटा शिलालेख भगवतिको चर्चा आएको छ। महिषासुरमर्दिनीको मूर्तीको पादपीठ भएर त्यो अभिलेख छ। मल्लकालीन अभिलेखमा भने कुन दिनमा घटस्थापना गर्ने, कहिले अष्टमी मान्ने कहिले टीका लगाउने चर्चा भएको पाइन्छ। त्यसकारण मध्यकालीन दसैं राम्ररी मानिँदोरहेछ भन्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

विजयी यात्रा हो दसैं
इतिहासकार डा महेशराज पन्तले जनैपूर्णिमादेखि रानीपोखरीसम्म (२०७४) भन्ने पुस्तक लेख्नुभएको छ। उक्त पुस्तकमा दसैं सम्बन्धी चर्चा गरिएको छ। त्यही पुस्तकको केही भनाइ म यहाँ लिन्छु।

‘शरद् ऋतुमा विजिगिषु राजाहरुले विजययात्रा गर्ने कुराको बयान पाइन्छ। खोलानाला तर्न सकिने भएपछि र बाटाघाटामा हिलो सुकिसकेपछि शरद् ऋतुमा घोडाको निराजन भन्ने विधि गरिसकेपछि मात्रा राजा रघु विजययात्रा गर्न गएको बयान पाइन्छ।

राजाले विजययात्रा थाल्नुभन्दा अगाडि असोज महिनाको नवौं दिनमा र विजययात्रा पूरा भइसकेपछि तथा घोडालाई रोग लाग्दा वा शान्तिकर्म गर्दा घोडाको निराजन गर्नुपर्छ। चारचार महिनामा ऋतुको सन्ध्याकालीन हात्तीको निराजन गर्नू भनी पाइन्छ।

निराजन विधिमा विजययात्रामा गएको जस्तो अभिनय गरी शत्रुको माटोको मूर्ती बनाइ त्यस मूर्तीको छातीमा शूलले रोप्ने कुरा पनि त्यहाँ उल्लेख छ। शरद ऋतुमा महाअष्टमीको दिन दुर्गा पूजा गर्नू र दशमीको दिन घोडाको र हात्तीको निराजन गर्नू भनी निराजनको विधि विस्तृत कालिकापूराणमा ८५ अध्यायमा लेखिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाम्रा पुराना शास्त्रहरु कौटिल्य अर्थशास्त्र, रघुवंश, बृहत् संहितामा दसैंको चर्चा नभए पनि निराजना वा निराजनको चर्चा चलिआएकोले तथा कालिका पुराणमा भने शरद् ऋतुमा महाअष्टमीको दुर्गाको पूजा र दशमीको दिन निराजन गर्नुपर्छ भनी उल्लेख भएको छ।

पछिल्लो कालमा निराजन विधि दसैंको अंग हुन गएको देखिन्छ। जुद्ध सडकमा दमकल अगाडि सडकपारीको स्थानमा दसैंको महानवमीको दिन अहिलेसम्म पनि हुने गरेको घोडाहरुको नायक रेवन्तको पूजालाई निराजनकै रुपमा लिन सकिन्छ।’

त्यसकारण दसैं विजय यात्राको प्रतीक हो भन्दा पनि हुन्छ।

देवीको चर्चा पछि भएको हो 
अहिले दसैंमा देवीको चर्चा हुने गरेको छ। भारतमा त दुर्गाको विशेष पूजा हुने गर्छ।
 
देवीको चर्चा वैदिक कालदेखि नै भए पनि हामीले दसैंमा मान्ने गरेको जस्तो देवी भने अलि पछिल्लो कालमा मात्रै चर्चा आएको भेटिन्छ। उदाहरणको लागि मृच्छकटिक ६।२७ मा देवीले शुम्भ र निशुम्भलाई मारेको कुरालाई दसैंमा पाठ गरिने चण्डी प्रसिद्ध दुर्गा सप्तशतीको ९–१० अध्याय शुम्भ निशुम्वबधसँग जोड्न सकिन्छ।

दसैंमा पाठ गरिने दुर्गा सप्तशती अथार्त चण्डीको पुस्तक नेवार राज्यमा चौधौँ शताब्दीमा देखिन पाएको हुनाले त्यसताकासम्म दसैंको प्रतिष्ठा राम्रै भएको पाउन सकिन्छ।

गोरखादेखि फूलपाती किन ल्याइयो?
मैले ‘गोरखाको इतिहास’ पुस्तक लेख्ने क्रममा गोरखामा नै केही समय बसेको थिए। एक सालको दसैं पनि त्यहीँ मानेको थिए। विभिन्न समयको अनुसन्धान गर्नुपर्ने भएको हुँदा त्यो साल गोरखाको दसैं पनि हेरें।

विस १६१६ मा लमजुङका राजकुमार द्रव्य शाहले गोरखा जिते। गोरखा जितेपछि गोरखाको अर्काे ठाउँबाट बाजा बजाउँदै फूलपातीको दिनमा फूलपाती ल्याइँदो रहेछ। गोरखा दरबार नजिक आइपुगेपछि बाजा बजाउन रोकिने रहेछ। यसको रोचक कारण के रहेछ भने, त्यो स्थानमा आएपछि पनि बाजा बजाउँदा लमजुङेले सुन्छन्, विजयी यात्रामा भड्किन्छ भनेर चलन रहेछ।

त्यस्तै, जब श्री ५ पृथ्वीनारायण शाहले काठमाडौं जिते, त्यसरी नै हर्ष बढाइँ गर्दै गोरखादेखि काठमाडौंसम्म फूलापाती ल्याउने चलन बस्यो।

नेपाली सेनाले किन हर्षबढाइँ गर्छ?
मध्यकालदेखि नै नेपालको विभिन्न स्थानहरुमा किल्लाहरु बने। ती किल्लाहरुमा शत्रुले आक्रमण नगरुन् भनेर पुजा गर्ने चलन थियो। सेनाले शक्तिको आरधाना गर्ने भएकाले र दसैं पनि शक्तिको आरधानाको पूजा भएकाले सेनाले दसँैमा विशेष पूजा गरेको हो।

पृथ्वीनारायण शाहको पालादेखि झन् यो क्रम बढेर गयो। किल्ला किल्लामा पूजा गर्ने सप्तमीको दिन बढाइँ गर्ने चलन आएको हो।

मेरो घरको दसैं
दसैंमा काठमाडौंमा चंगा उडाउने चलन थियो। मेरो घरमा भने त्यस्तो चलन थिएन। छाउनीमा गएर पनि चंगा उडाउने चलन थियो। केही वर्ष म पनि घरमा चंगा उडाउन खोज्थें तर बुबालाई मन पर्दैनथ्यो, त्यसैले चंगा उडाउन जानिएन। नौं रात्रा भर तेह्र अध्याय चण्डी पाठ गर्नुपथ्र्यो। अहिले पनि म यो पाठ गर्छु।

वाणी विलास पाण्डेको देवी स्तुती पाठ बेलुका गर्ने हाम्रो घरमा चलन छ। अहिले जस्तो ज्यादै धेरै भीडभाड गरेर देवताको पिठमा जाने चलन थिएन। घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म कुभिण्डो र अष्टमीमा बोकको बली दिने चलन थियो।

पूजा गर्नेले नभइ अर्काले काट्दिने चलन थियो। हाम्रो घरमा राता पूजा गर्दा बेलुकी ९ वटा चामलको रोटी ९ वटा बारा तथा फलफूल चढाउने चलन थियो।

बुबाले अर्थ लाइलाइकन हाम्रो घरमा सकेसम्म खरखर गर्नेभन्दा पनि अर्थ बुझीबुझी गर्ने चलन थियो।

चण्डी पाठ लिएर अर्थ बुझेर गर्ने। दसैंको दिनमा मामाघरमा जाने चलन हो। हरेक दिन कन्या पूजा गरेपछि नवमीको दिन पनि कन्यालाई पूजा र विशिष्ट लुगा सहित नगद दिने चलन थियो। पहिले पहिले हाम्रो घरमा कुमार पनि पूजा गर्ने चलन थियो।

अहिले कोरोनाले बाधा पर्यो होला तर आफ्नो धर्म छोड्न हुँदैन। मनोवैज्ञानिक रुपमा शान्ति पाउनको लागि पनि पर्वहरुले धेरै सहयोग गर्छन्। त्यसकारण सुरक्षित भएर सबैले दसैं मानौं। दसैंको शुभकामना। 

(प्रजु पन्तसँग कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०७:२६
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्