काठमाडौं– आगामी भदौमा इन्डोनेसियामा हुने एसियाली खेलकुद (एसियाड) को तयारीका लागि तेक्वान्दो खेलाडी बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन्।
५–५ पुरुष/महिला खेलाडीसहित ११ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबारै सातादोबाटोमा एक कार्यक्रमबीच बिदाइ गर ।
पुरुष खेलाडीमा सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, भुपेन श्रेष्ठ र अनोज पुजारी रहेका छन्। महिलामा अस्मिता खड्का, निमा गुरुङ, ज्ञानी पुजारा, संगीता बस्याल र निशा रावल छन्।
प्रशिक्षकमा संगीना वैद्य छिन्। भुपेन, संगीता र निशा भने अर्को सातामा सिओल जाने नेपाल तेक्वान्दो संघले जनाएको छ। उनीहरुले छुङ वो मार्सल आर्ट्स इन्स्टिच्यूटमा करिब ३ महिना प्रशिक्षण गर्ने कार्यक्रम छ।
कोरिया प्रस्थान गरेको टिम नै एसियाडमा भाग लिने अन्तिम टिम भने होइन। किनकी कोरिया प्रस्थान गरेका खेलाडी नेपाल तेक्वान्दो संघसँग आवद्ध खेलाडी हुन्। राष्ट्रिय तेक्वान्दो संघले पनि छुट्टै तयारी गरिरहेको छ। परिषदले दुवै संघलाई मिल्न आग्रह गरिरहेको छ। सदस्यसचिव विष्टले अन्तिम टिमको टुंगो लागिनसकेको बताएको स्रोतले दाबी गरेको छ। यद्पयी विस्टले खेलाडीलाई भने ढुक्क भएर खेल्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।