• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउने 'अक्सन थ्योरी' के हो? 

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ७, २०७७  ०६:५०
1140x725

काठमाडौं-लिलाम बढाबढसम्बन्धी सिद्धान्त (अक्सन थ्योरी) लाई पुनर्परिभाषित तथा नयाँ सिद्धान्त प्रतिपादन गर्ने संयुक्त राज्य अमेरिकास्थित स्टानफोर्ड विश्व विद्यालयका दुई जना प्राध्यापकलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ।

लिलाम बढाबढसम्बन्धी सिद्धान्तलाई नयाँ तरिकाले परिभाषित गर्न योगदान गरेको र यसको नयाँ फर्मुलासमेत पत्ता लगाएको भन्दै रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले दुई अर्थशास्त्रीहरू पाउल मिलग्रोम र रोबर्ट विल्सनलाई यो पुरस्कार दिने घोषणा गरेको हो। उनीहरूले ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर पुरस्कार राशी बाँड्नेछन्।

पाउल र रोबर्टले स्टानफोर्ड विश्वविद्यालयमा रहँदैको पछिल्लो करिब ३० वर्षअवघिमा अक्सन थ्योरीसँग सम्बन्धित खोज अनुसन्धान तथा प्राज्ञिक काम गर्दै आएका थिए। विभिन्न प्रकारका वस्तु र सेवाको लिलाम बढाबढमा मूल्य निर्धारणको स्थितिले कसरी काम गर्छ? र लिलाम प्रकृयामा विगतदेखि चलिआएको बोलकबोल बढाबढको सिद्धान्तमा कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा यी दुई अर्थशास्त्रीको अध्ययन केन्दित छ। लिलामीको पुरानो प्रारुपलाई पुनर्परिभाषित गर्ने र यससँग सम्बन्धित नयाँ सिद्धान्त प्रतिपादन गरेर कार्यान्वनमा जोड दिने विषय नै समग्रमा यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पायो। उनीहरुले पत्ता लगाएको सिद्धान्तले वस्तु तथा सेवाको क्रेता, बिक्रेता र करदातासमेतलाई फाइदा पुग्नेगरी लिलाम प्रकृयाको नयाँ अवधारणालाई समेटेको रोयल स्वीडिस अकाडेमी अफ साईसेसले उल्लेख गरेको छ।

लिलामीहरूको लामो इतिहास छ। प्राचीन रोममा ऋणदाताहरूले ऋण तिर्न असमर्थ उधारो लिनेहरूबाट जफत गरेको सम्पत्ति बेच्न लिलामी अवधारणा प्रयोग गर्थे। विश्वको पहिलो लिलामी घर (अक्सन हाउस) का रुपमा सन् १६७४ मा स्वीडेनमा स्थापित स्टकहोम्स अक्सनभर्कलाई लिईन्छ। 

सामान्य तरिकाले परिभाषित गर्दा कुनै डाँक बोलेर सबभन्दा बढी मोल दिने वा हद मोल बोल्नेबालालाई माल वस्तु तथा सेवाको बिक्री गर्ने काम लाई लिलामी भनिन्छ। हामी जब ‘लिलामी’ शब्द सुन्छौं, तब हामी सायद परम्परागत लिलामी तरिकामा जसमा उच्च मूल्य कबोल गर्नेले वस्तु तथा सेवा हात पार्ने प्रकृयाबारे आँकलन गर्छौ। यो प्रकृयामा बिक्रेताहरु सँधै उच्च बोलीदातालाई सामानहरू बेच्छन् वा सस्तो प्रस्ताव प्रदान गर्ने जोसुकैबाट उनीहरू खरीद गर्दछन् भन्ने बुझाई रहन्छ। तर अहिले 'न्यू अक्सन थ्योरी' का रुपमा नयाँ अवधारणालाई यी दुई अर्थशास्त्रीले सैद्धान्तिक र व्यवहारिक रुपमा परिभाषित गरेका छन्।

स्टानफोर्ड विश्वविद्यालयका यी दुई प्राध्यापकहरु पाउल र रोबर्टले मुख्यतः लिलामी प्रकृयासम्बन्धी नियम, त्यसको डिजाइन, बोली लगाउने व्यक्तिको व्यवहार र लिलामी नतिजाबारे अध्ययन गरेका थिए। जसमा लिलामी प्रकृयालाई नै कुनै पनि वस्तुको वास्तविक मूल्यको खोजी गर्न सकिने ठानिन्छ। उनीहरुका अनुसार लिलामीको नतिजा तीनवटा कारणबाट निर्भर रहन्छ। पहिलो–लिलामीको नियम, दोस्रो–लिलाम हुनेवाला वस्तु र सेवा र तेस्रो–अनिश्चितता। 

लिलामीको नियम बोली लगाउने व्यक्तिको व्यवहारबाट प्रभावित हुन्छ। उदाहरणका लागि एउटा खुला लिमामी र अर्को बन्द लिलामी प्रकृया बाट लिलाम भईरहेको छ भने एउटै व्यक्तिको व्यवहार पनि ती दुई परिस्थितिमा फरक–फरक हुन जान्छ। त्यस्तै मूल्य कति निर्धारण हुन्छ भन्ने विषय लिलाम हुने वस्तु तथा सेवामा पनि निर्भर रहन्छ। आवस्यकता र अपरिहार्यता जोडिएको लिलाम हुने कुनै वस्तुमा बोली लगाउन सजिलो हुने ठानिन्छ। उदाहरणका लागि कुनै ‘रेडियो स्पेक्ट्रम’ को लिलामीका लागि त्यसको मूल्य र महत्व (भ्यालु) पत्ता लगाउन सजिजो हुन्छ। किनकि बोलकबोल गर्ने कम्पनीको उद्देश्य लगभग समान नै हुन्छ। जसलाई अर्थशास्त्रको भाषामा ‘कमन भ्यालु’भनिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर कुनै–कुनै वस्तुमा भने त्यसको मूल्यको अनुमान लगाउन त्यति सजिलो हुँदैन। उदाहरणका लागि कुनै पेन्टिङको लिलामी। कुनै व्यक्तिलाइै निकै मन परेको पेन्टिङ अर्को व्यक्तिलाई त्यति सार्‍हाे मन नपरेको पनि हुनसक्छ। जसकारण त्यसको मूल्य निर्धारणमा पनि फरक पर्न जान्छ। अर्थशास्त्रको भाषामा यसलाई ‘प्राईभेट भ्यालु’वा ‘पर्सनल भ्यालु’भनिन्छ। यस्तो अवस्थामा वस्तुको मुल्य अनुमान गर्न निकै कठिन पर्न जान्छ। किनकि व्यक्तिले आफूलाई त्यो वस्तु वा सेवा मन परे–नपरेको आधारमा मूल्य अनुमान गरेको हुन्छ। 

लिलाम प्रकृयाको अन्तिम कारक हो–अनिश्चितता। जुन बोली लगाउने व्यक्तिसँग सम्बन्धित वस्तु तथा सेवाको सूचनासँग जोडिएको हुन्छ। रोबर्ट विल्सनले कमन भ्यालुका साथ वस्तु तथा सेवाको लिलामीको सिद्धान्तलाई विकसित गरे। उनले ‘बिजेताको अभिशाप’(विनर्स कर्स) को विस्तृत ब्याख्या गर्दै यसले बोली (बिडिङ) प्रकृया कसरी प्रभावित गर्छ भन्ने पत्ता लगाए। 'विनर्स कर्स' लिलामी जित्ने त्यस्तो प्रवृत्ति हो, जसमा वस्तु तथा सेवाको वास्तविक मूल्यभन्दा अधिक मूल्य कबोलेर खरिद गरिन्छ। यस्तो अवस्थामा बोली लगाउने व्यक्तिले लिलाम जितेपनि उसलाई हानी भएको हुन्छ। तर विल्सनको भनाईमा बोली लगाउने समझदार व्यक्तिहरु (र्‍यासनल बिडर्स) 'विनर्स कर्स' को भयका कारण आफ्नो अनुमानित मूल्य भन्दा कममै बोली लगाउँछन्। 

अर्कोतर्फ मिल्ग्रोमले लिलामीको यस्तो ‘जनरल थ्योरी’प्रतिपादन गरे, जसले वस्तुको ‘कमन भ्यालु’लाईमात्र नभई ‘प्राइभेट भ्यालु’लाई पनि स्वीकfर गर्छ। यसका लागि मिल्ग्रोमले धेरैवटा ‘अक्सन फर्म्याट’मा बोली लगाउने रणनीति को विश्लेषण गरेका थिए। जसबाट उनको निश्कर्ष रह्यो, ‘यदि बोलकबोल प्रकृयाका दौरान बोली लगाउने व्यक्तिहरु एकअर्काको अनुमानित भ्यालु पत्ता लगाउँछन भने यस्तो खालको लिलामी प्रकृयामा बिक्रेतालाई पनि फाइदा पुग्छ। किनकि बोली लगाउने व्यक्तिहरुले अनुमानित मूल्य बढी कबोल गर्छन र बिक्रेतालाई बढी राजश्व हात पर्छ।’यसरी पाउल र रोबर्टको अक्सन थ्योरीमा विनर्स कोर्सले कमन भ्यालुलाई नियन्त्रण गर्ने र प्राईभेट भ्यालुमा बिक्रेता सँगसँग करको राजश्व पनि बढी हुने सिद्धान्त पत्ता लगाए। 

माथि उदाहरणमा प्रयोग भएको रेडियो स्पेक्ट्रमको लिलामी बारे कुरा गर्दा परम्परागत प्रकृयाबाट जाने हो भने त्यसमा 'विनर्स कर्स'को सम्भावना बढी रहन्छ। जसमा क्रेताले नोक्सानी त ब्यहोर्छ नै, त्यसको नतिजामा पनि प्रभावकारिता कम रहन्छ भन्ने 'कन्पिरेसी थ्योरी' ले पनि ठाउँ पाएको देखिन्छ। रेडियो फ्रिक्वेन्सीजस्ता अनेकौं अरु चिजवस्तुलाई परम्परागत तरिकामा बेच्न गाह्रो हुने ठानेरै वस्तु र सेवाहरूको लागि नयाँ लिलामी ढाँचा डिजाइन गरिएको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लिलामी प्रकृयामा मूल्य विश्लेषण निकै गाह्रो हुन्छ। किनकि, बोलदाताहरू आफुसँग भएको सूचना र उपलब्ध जानकारीका आधारमा रणनीतिक व्यवहार गर्छन्। उनीहरुले आफुले के जानेका छन र अर्को बोलकबोलवालासँग त्यस विषयमा कति जानकारी छ? भन्ने कुराको सम्म विश्लेषण गर्दछन। यस्तो अवस्थामा रोबर्ट विल्सनले साझा मान अर्थात् ‘कमन भ्यालु’का साथ वस्तुको लिलामीका लागि यस्तो सिद्धान्तको विकास गरे। जसले ‘मूल्य पहिले नै अनिश्चित छ, तर अन्तमा सबैको लागि समान छ’ भन्ने कुराको प्रत्याभूति गराउँछ। विल्सनको सिद्धान्तले भन्छ कि–तर्कसंगत बोलपत्रकर्ता (र्‍यासनल बिडर्स) हरूले साधारण मूल्यको आफ्नै उत्तम अनुमानभन्दा कम बोलपत्रहरू राख्छन् ताकि विनर्स कर्सबाट बँच्न सकियोस्। 

समग्रमा भन्दा यो बोलकबोलसम्बन्धी नवप्रवर्तित गणितीय अवधारणा हो। दूरसंचार सेवा प्रदायक कम्पनीका लागि रेडियो फ्रिक्वेन्सी वितरणमा अमेरिकी नियामकले पहिलोपटक सन् १९९४ मा बोलकबोलको यो सिद्धान्त व्यवहारमा लागू गरेको थियो र अहिले विश्वव्यापी बनिसकेको छ। अक्सन थ्योरीलाई पश्चिमाहरुले १९८० को दशकमा गेम थ्रोरीका रुपमा पनि परिभाषित गरेको पाईन्छ। तर अहिले भने यसले वस्तु तथा सेवाको मूल्य निर्धारणको महत्वपूर्ण पाटोका रुपमा स्थान पाईसकेको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा सञ्चिति ४.६ प्रतिशत... बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा बिहीबार अर्थमन्त्री वाग्ले र एडीबी... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्