काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन शनिबार हुने पक्का भएको छ।
पाँच जिल्ला अध्यक्षले जिल्ला अदालत काठमाडौंमा दायर गरेको रिटमा न्यायाधिश रमेशराज पोखरेलको इजालसले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएसँगै एन्फाको निर्वाचन शनिबार हुने पक्का भएको हो।
यसअघि बुधबार काठमाडौं, ललितपुर, भक्तपुर, बारा र कञ्चनपुरका जिल्लाका अध्यक्षले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए। पाँच जिल्ला अध्यक्षलाई १५ दिन निषेधज्ञा जारी गर्नु पर्ने लिखित कारण पेश गर्न समेत आदेश दिएको छ।
एन्फा निर्वाचन रोक्न जारी भएको अन्तरिम आदेश बैसाख १३ गते उच्च अदालतले खारेज गरेको थियो। उक्त खारेजीसँगै एन्फा केन्द्रीय समितिको निर्वाचन गर्ने विषयमा देखिएको अन्योल सामाधन हुनेतर्फ अग्रसर भएको थियो।
त्यसअघि उच्च अदालत पाटनले एन्फा निर्वाचन तत्कालका लागि रोक्न दिएपछि चैत १४ का लागि तय भएको निर्वाचन स्थगित भएको थियो। पछि एन्फाले भ्याकेट निवदेन दिएपछि अन्तरिम खारेज भएको थियो।
२२ गते हुने निर्वाचनमा एन्फाका पूर्वउपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरबीच प्रतिस्पर्धा हुँदै छ।
यस्तो छ बिहीबारको आदेश


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।