काठमाडौं- साझा पार्टीले प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) बीचको भेटलाई लिएर विभिन्न प्रश्न उठाएको छ।
बिहीबार साझाद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा भनिएको छ- के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन्? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन्? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन?
भेटलाई साझा पार्टीले प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमणको रुपमा अर्थ्याएको छ।
'के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ', विज्ञप्तिमा भनिएको छ।
यसअघि सत्तारुढ दलकै भीम रावलले प्रधानमन्त्री ओली र रअ प्रमुख सामन्तकुमार गोयलबीचको भेट कुटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गरेका थिए।
के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन्? (प्रकाशन तथा प्रसारणका लागि साझा पार्टीको प्रेस...
Posted by Rabindra Mishra on Thursday, October 22, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।