काठमाडौँ- चौतारी युवा समूहले अपाङ्गंता भएका मजदुर भोजबहादुर मगरलाई आर्थिक सहयोग गरेको छ। समूहका सदस्यसहित विभिन्न स्थानबाट संकलन गरी समूहले ६ लाख ४० हजार रुपैयाँ मगरलाई प्रदान गरिसकिएको समूहका अध्यक्ष रोशन दवाडीले जानकारी दिए।
सो रकम मगरको उपचार तथा उनका छोराछोरीको अध्ययनमा खर्च हुने गरेको छ। मुठी मानो अभियानमार्फत् हालसम्म मगरलाई सो समूहले सहयोग गर्दै आएको अध्यक्ष दवाडीले जानकारी दिए।
समूहले विभिन्न विपद्मा आवश्यक स्थानमा सहयोगसमेत गर्दै आएको अर्का अभियन्ता राधाकृष्ण प्याकुरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।