• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन १५, २०८२ Fri, Feb 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

२० लाख ई-पासपोर्ट छपाईको जिम्मा फ्रान्सेली कम्पनीलाई, लागत २ करोड ११ लाख डलर

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ५, २०७७  १३:४२
1140x725

काठमाडौं–राहदानी विभागले २० लाख थान इ–पासपोर्ट छपाईको जिम्मा फान्सेली कम्पनी आइडीइएमआइए आइडेन्टी एन्ड सेक्युरेटी फ्रान्स एसएएसलाई दिने भएको छ।

विभागले तेस्रो पटक गरेको टेन्डरमा सबैभन्दा कम रकममा काम गर्ने भन्दै कबुल गरेको फ्रान्सेली कम्पनी एसएएसलाईलाई दिने गरी बुधबार लेटर अफ इन्टेन्ट जारी गरेको छ।

विभागले छुटसहित २ करोड ११ लाख डरलरमा २० लाख थान इ-पासपोर्ट छपाईका लागि एसएएससँग सम्झौता गर्न लागेको हो। विभागले  ई-पासपोर्ट छपाइका लागि तेस्रो पटक असोज ८ मा टेन्डर गरेको थियो।

विभागले फागुन १९ गते गरेको २० लाख थान ई-पासपोर्ट छपाइको टेन्डर अन्तिम चरणमा आएर रद्द भएको थियो। सहभागी कम्पनीहरुको केही प्रमाण नपुगेको भन्दै विभागले यही असोज ५ गते दोस्रो पटक टेन्डर रद्द गरेको थियो। 

यसअघि विभागले गत फागुन १९ गते गरेको टेन्डरमा ४ वटा कम्पनीको आवेदन परेको थियो। सहभागी ४ वटै कम्पनीले स्पेसिफिकेसन पूरा नगरेका कारण फागुनमा भएको टेन्डर रद्द भएको थियो।

Ncell 2
Ncell 2

त्यसअघि विभागले पहिलो पटक २०७६ भदौमा ई-पासपोर्ट छपाइका लागि ग्लोबल टेन्डरको सूचना प्रकाशन गरेको थियो। त्यतिबेला १९ वटा कम्पनीको आवेदन परेको थियो। तर, ग्लोबल टेन्डरअनुसार प्राप्त प्रस्ताव खोल्नु केही घन्टाअघि २०७६ कार्तिक २१ मा विभागले यसको प्रक्रिया नै रद्द गर्‍यो। त्यतिबेला प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्रिया रद्द गरिएको थियो।

फागुनमा भएको टेन्डरमा सहभागी आइडिइएमआइएले २ करोड ६५ लाख ९० हजार डलर, एचआइडी ग्लोबलले २ करोड ९२ लाख ९० हजार डलर, एसिनो कर्पोरेसनले ३ करोड २६ लाख ५० हजार डलर र मुयलबाउअर आइडी सर्भिसेज जिएमबिएचले ३ करोड ९३ लाख २० हजार डलरमा ठेक्का हालेका थिए। 

तर, सबै कम्पनीले गरेको आवेदनमा कुनै न कुनै आवश्यक कागजात छुट भएकाले बोलपत्र मूल्यांकन समितिले रद्द गर्न सिफारिस गरेअनुसार टेन्डर रद्द भएको थियो।

विभागले छनोट भएको कम्पनीसँग १३ महिनामा २० लाख ई–पासपोर्ट र जडानमा काम गर्ने गरी सम्झौता गर्ने भएको छ।

सम्झौता १३ महिनाका लागि भए पनि ९ महिनामा आधा र यसपछि थप २ लटमा थप आधा पासपोर्ट लिने गरी काम अगाडि बढ्ने विभागका सूचना अधिकारी पुप्पराज भट्टराईले जानकारी दिए। अहिले विभागसँग साढे ४ लाखको हाराहारीमा पासपार्ट मौज्दात छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरामा काँग्रेसको आज आमसभा, सभापति थापा र उपसभापति शर्माले सम्बोधन गर्ने
पाकिस्तानले गर्‍यो अफगानिस्तानको राजधानी काबुलमा आक्रमण
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
सम्बन्धित सामग्री
शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक... शुक्रबार, फागुन १५, २०८२
सुनचाँदीको मूल्य बढ्यो बुधबार तीन लाख १४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार, फागुन १४, २०८२
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही... बुधबार, फागुन १३, २०८२
ताजा समाचारसबै
पोखरामा काँग्रेसको आज आमसभा, सभापति थापा र उपसभापति शर्माले सम्बोधन गर्ने शुक्रबार, फागुन १५, २०८२
पाकिस्तानले गर्‍यो अफगानिस्तानको राजधानी काबुलमा आक्रमण शुक्रबार, फागुन १५, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, फागुन १५, २०८२
शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर शुक्रबार, फागुन १५, २०८२
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्