काठमाडौं–प्याजको मूल्य पुनः बढेको छ। बुधबार प्याजको मूल्य औसतमा मंगलबारको तुलनामा प्रतिकिलो १४ रुपैयाँले बढेको छ।
कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य बुधबारका लागि अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ। बुधबारको लागि औसत मूल्य भने प्रतिकेजी १ सय ३२ रुपैयाँ तोकिएको छ।
मंगलबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य प्रतिकेजी औसतमा १ सय १८ रुपैयाँ रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।