काठमाडौं–सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार ७ रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी बुधबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ३० रुपैयाँले बढेर चाँदीको मूल्य १ हजार २ सय ४० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।