काठमाडौं– च्याम्पियन्स लिग फुटबलको समूह ‘इ’ मा रहेको इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब सेभियाले बराबरी खेलेका छन्। मंगलबार राति भएको खेलमा चेल्सी र सेभियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
चेल्सीलाई सेभियाले उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको हो। चेल्सीभन्दा तुलनात्मक रुपमा सेभियाले राम्रो खेल खेले पनि गोल गर्न भने सकेन। त्यस्तै, समूह ‘इ’ मै भएको अर्को खेलमा पनि रेनेस र क्रस्नोडारले १–१ गोलको बराबरी खेल्दं अंक बाँडेका छन्।
मंगलबार राति नै समूह ‘एफ’ मा भएको खेलमा बोरुसिया डर्टमन्ड लाजियोसँग ३–१ गोलअन्तरले पराजित भएको छ। इटालियन क्लब लाजियोले जर्मन क्लब डर्टमन्डलाई सहज रुपमा पराजित गरेको हो। यसै समूहमा भएको अर्को खेलमा क्लब बर्गले सेन्ट पिटर्सबर्गलाई २–१ गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।