काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। श्रेष्ठलाई काजमा राष्ट्र बैंकबाट अर्थ मन्त्रालय ल्याइएको हो।
लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष रहेका श्रेष्ठ उनी राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि काठमाडौं फर्किएका थिए।
अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी अहिले लघुवित्त सुपरीवेक्षण विभागमा कार्यरत छन्। राष्ट्र बैंकमा कार्यरत रहेका कारण उनलाई काजमा अर्थ मन्त्रालय ल्याइएको हो।
यसअघिका अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्र बैंकबाट निर्देशक डा रामशरण खरेललाई अर्थमन्त्रालय ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।