सिड्नी– अस्ट्रेलियन क्रिकेट टिमको प्रशिक्षकमा जस्टिन लेंगर नियुक्त भएका छन्। उनलाई चार वर्षका लागि प्रशिक्षकमा नियुक्त गरिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ। जस्टिनले २२ मे देखि आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।
तत्कालिन प्रशिक्षक डारेन लेहम्यानले गत मार्चमा प्रशिक्षक पदकबाट राजीनामा दिएका थिए। दक्षिण अफ्रिका विरुद्धको टेस्टमा बल टेम्परिङ काण्डले अस्ट्रेलियन क्रिकेटको चर्को आलोचना भएपछि लेहम्यानले राजीनामा दिएका थिए।
लेंगरले अब अस्ट्रेलियन टिमलाई २ एसेज सिरिज, सन् २०१९ को विश्वकप र सन् २०२० को टी–२० विश्वकपमा प्रशिक्षण दिनेछन्। जसले उनको भविष्य निर्धारण गर्ने बताइएको छ।
लेंगरले यसअघि सन् २००९ नोभेम्बरदेखि ३ वर्ष अस्ट्रेलियन टिमको सहायक प्रशिक्षक भएर काम गरेका थिए। यस्तै सन् २०१६ मा क्यारेबियन भ्रमण र सन् २०१७ मा श्रीलंका विरुद्धको टी–२० सिरिजमा अन्तरिम प्रशिक्षक भएर काम गरेका थिए।
४७ वर्षीय लेंगरले अस्ट्रेलियाका लागि १ सय ५ टेस्ट खेलेका थिए। ७ हजार रन बनाएका उनले २३ शतक हिर्काएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।