मोरङ-युएईमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को अनलाइनमार्फत् सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१६ भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साह, सोही ठाउँ बस्ने ३५ वर्षीय मंजित साह, सोही महानगरपालिका-१५ जानकी मन्दिर छेउ बस्ने २८ वर्षीय अपजर अली रहेका छन् ।
पुरुषोत्तमको घरमा आइपीएल खेलको सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद २८ हजार ५ सय रुपैयाँ, ३ थान मोबाइल, ३ वटा डायरी र को १८ प ६८८९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।