रोम– युरोपियन च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुने भएको छ।
लिभरपुल सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब एएस रोमासँग ४–२ गोलले पराजित हुनुका वाबजुद फाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा ५–२ ले विजयी भएको लिभरपुलले समग्रमा ७–६ गोलले अघि रहदै फाइनलमा स्थान बनाएको हो। यसअघि रियल म्याड्रिडले जर्मन क्लब वायर्न म्युनिखलाई समग्रमा ४–३ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
खेलको नवौं मिनेटमा लिभरपुलका साडियो मानेले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए। तर १५ मिनेटमा जेम्स मिल्नरले आफ्नै पोस्टमा गोल गरेपछि रोमाले बराबरी गोल गर्न सक्यो। तर २५ मिनेटमा लिभरपुलले अग्रता लियो। लिभरपुलका लागि विज्नाल्डनले दोस्रो गोल गरेका थिए।
तर जेकोले ५२ मिनेटमा गोल गरेपछि रोमाले खेल दोस्रो पटक बराबरीमा ल्याए। नेल्गोलानले ८६ र इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेपछि रोमाले ४–२ को जित हात पार्यो। तर जितका बाबजुद फाइनलमा पुग्न असफल भयो।
अब लिभरपुल र म्याड्रिडबीच २६ मेमा फाइनल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।