काबुल- अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४६ जना लडाकुको मृत्यु भएको छ।
घटनामा परी अन्य १८ जना घाइते भएको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। २४ घन्टाबीचमा सरकारी सुरक्षाकर्मीहरूले देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएका थिए।
मन्त्रालयको वक्तव्य अनुसार सुरक्षाकर्मीहरूले लडाकुहरूको १८ वटा आश्रयस्थल र बंकर नष्ट गरिदिएका छन्।
अफगानी सेनाले प्रहरी र गुप्तचर निकायसँग मिलेर विगत ६ महिनादेखि देशभर कडा सुरक्षा कारबाही चलाएको छ।
सुरक्षा कारबाहीका लागि झन्डै ६ हजार सैनिक परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।