काठमाडौं-कैलालीमा एक असईको हत्या भएको छ। एक सिपाही वेपत्ता भएका छन्। अस्थायी प्रहरी चौकी जिगडाबाट गएराति गस्तीमा खटिएका असई गोविन्द विकको हत्या भएको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरीका कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिए।
उनीसँगै गस्तीमा गएका सिपाही रामबहादुर साउद भने बेपत्ता भएका छन्। मोटरसाइकलमा गस्तीमा निस्किका उनीहरु अबेरसम्म नफर्किएपछि खोजी सुरु भएको थियो। उनीहरु चेढेको मोटरसाइकल राति नै भेटिएको थियो भने उनीहरु बेपत्ता भएका थिए। आइतबार बिहान मोहना नदीमा असईको शव भेटिएको एसएसपी सिंहले बताए । सिपाही भने बपत्ता छन्।
उनीहरु बोकेको पेस्तोल पनि अहिलेसम्म भेटिएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।