काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य घटेको छ। आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ।
शुक्रबार छापावाल सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ थियो। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो।
आइतबार चाँदीको मूल्य भने स्थिर देखिएको छ। शुक्रबार चाँदीको मूल्य १२ सय रुपैयाँ रहेकोमा आइतबार पनि सोही मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।