काठमाडौं– डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले जर्मन बुन्डेस लिगा फुटबलमा सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा बायर्नले अर्मिनियालाई ४–१ गोल अन्तरले हराएको हो।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र थोमस मुलरले समान २–२ गोल गरे। अर्मिनियाका रित्सु डोनले एक गोल गरे। खेलको आठौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई १–० गोलको अग्रता दिलाए। लेवान्डोस्कीले २६ औं मिनेटमा गोल गर्दा बायर्नले २–० गोलको अग्रता बनायो। पहिलो हाफको अतिरिक्त समयमा लेवान्डोस्कीले अर्को गोल गर्दै बायर्नलाई ३–० गोलको अग्रता दिलाए।
पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको बायर्नले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुग्यो। मुलरले ५१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४–० को फराकिलो अग्रता दिलाए। खेलको ५८ औं मिनेटमा रित्सुले गोल गरेपछि अर्मिनियालाई ४–१ गोलको स्थितिमा ल्याएका थिए। कोरेन्टिन टोलिसोले ७६ औं मिनेटमा रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा झेपनि खेल ४–१ गोलअन्तरले जित्न सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।