काठमाडौं– बार्सिलोनाले जारी स्पेनिस ला लिगा फुटबलमा पहिलो हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा बार्सिलोना कमजोर मानिएको गेटाफेसँग १–० गोलले पराजित भएको हो।
बार्सिलोनाविरुद्ध जित निकाल्ने क्रममा गेटाफेका जेइमी माताले गोल गरे। कमजोर टिमविरुद्ध खेलअवधिभर बल नियन्त्रणमा राखे पनि बार्सिलोनाले गोल फकाउन भने सकेन। पहिलो हाफमा गोलरहित बराबरीमा बार्सिलोनालाई रोकेको गेटाफेले दोस्रो हाफमा गोल गर्दै जित सुनिश्चित गरेको हो।
बार्सिलोनाका लागि फ्रिन्की डि जोङले गरेको फोउल नै हारको मुख्य कारण बन्यो। उनले पेनाल्टी एरियामा डिजेन डकोनमलाई फोउल गरेपछि गेटाफेले पेनाल्टी पाएको थियो। ५६ औं मिनेटमा पेनाल्टीबाट जेइमी माताले गोल गर्दै गोल गर्दै गेटाफेलाई १–० गोलको जित दिलाए।
यो जितसँगै गेटाफे स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। पाँचमध्ये तीन खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेलेको गेटाफेले १० अंक बनाएको छ। पराजित बार्सिलोनाको भने चारमध्ये दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरीसहित सात अंक छ।
शनिबार राति नै भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई २–० गोलअन्तरले हराउँदा ग्रानाडाले सेभियालाई १–० गोलले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।