काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी र श्रीमती निर्मला केवटलाई चार लाख घुसको रकमसहित पक्राउ गरेको छ।
अभियुक्तलाई धरौटीमा छुटाइदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियाररको टोलीले स्टिङ अप्रेसन गरेर पक्राउ गरेको हो। आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले सहानी श्रीमान श्रीमतीलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
उनीहरुलाई सियारी गा.पा. वडा नं. ७ स्थित खनाल मिठाइ पसल नजिकबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।