धनगढी- देशभर बलात्कारका घटनामा वृद्धि भएको भन्दै धनगढीमा विरोध प्रदर्शन भएको छ। बलात्कारका घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै शुक्रबार मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको हो।
स्थानीय ३० जना युवतीले कालो कपडा लगाएर हात र आँखामा कालो पट्टी बाँधेर विरोध जनाएका थिए। उनीहरुले ‘अझै कति सहने’, ‘नो मिन्स नो, ‘इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइन्ड’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन गरेका थिए।
उनीहरुले ‘राज्य बलात्कारी होस् तँ’ भन्ने गीतमा बाजागाजासहित नारासमेत लगाएका थिए। विरोध कार्यक्रममा बोलन्या थलीले सहकार्य गरेको संयोजक यादव जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।