किभ- युक्रेनमा विषाक्त खाना खाएकाले कम्तीमा ५६ जना बिरामी परेका छन्।
बिरामी परेकामध्ये ६ जना बालबालिकासमेत रहेका छन्। युक्रेनको पश्चिमी सहर एलभिभमा सो घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
बिरामी भएकामध्ये ४ जना अस्पतालमा उपचारपछि घर फर्किएका छन् भने ५२ जनाले अझै पनि अस्पतालमा उपचार गराइरहेका छन्।रासस/ सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।