काठमाडौं- सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ।
शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ तोकिएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
तर चाँदीको मूल्य भने स्थिर छ। बिहीबार १२ सय रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि पनि १२ सय नै तिकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।