• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हाम्रो प्रधानमन्त्रीमा मन र मुटु छैन

64x64
गगन थापा शुक्रबार, असोज ३०, २०७७  ०९:४५
1140x725

कोरोना भाइरसबाट संक्रमित भएर १३ दिनदेखि घरमै आइसोलेसनमा बसिरहेको छु। ९ औं / १० औं दिनमा ज्वरो खोकीलगायतका लक्षणसमेत देखिएकाले चिकित्सकहरुले केही दिन हेर्ने र त्यसपछि मात्रै अर्को परीक्षण गर्ने भन्नुभएको छ। कोरोनाको अर्को परीक्षण कुरिरहेको छु। 

मसहित बुबा, आमा, श्रीमती, छोरीलगायत नौं जना घरमा आइसोलसेनमा छौं। शुभेच्छा र आशीर्वादले गर्दा अहिलेसम्म कसैलाई गाह्रो भएको छैन। आशा छ, केही दिनभित्रमै हामी संक्रमणबाट मुक्त हुनेछौं।

१२/१३ दिनदेखि घरमा आइसोलेसनमा बसिरहँदा मनमा अनेकन कुराहरु खेल्ने रहेछन्। हामी एउटै घरमा संक्रमित सबै आइसोलेसनमा बसिरहेका छौं। संक्रमित नभएकालाई क्वारेन्टाइनमा राख्न गाह्रो भइरहेको छ। म अहिले सोंच्दैछु, कोठामा पनि बस्न नपाउनेहरुको अवस्था कस्तो भइरहेको होला?

फागुन २३ मा संसदमा छलफल हुँदै गर्दा सामुदायिक आइसोलेसनको कुरा हामीले उठाएका थियौं। सामुदायिक आइसोलेसन भयो भने अस्पताल जान नपर्ने तर अरुलाई संक्रमण नसरोस् भन्नका लागि आइसोलेट भएर बस्न सजिलो हुन्छ भनेर नै उक्त कुरामा छलफल गर्‍यौं। संसदमा मात्रै होइन,प्रधानमन्त्री र मेयरहरुलाई भेटेर पनि भन्यौं। त्यो बेलाको समय मैले स्मरण गरिरहेको छु। अस्पताल अहिले त जान परेको छैन। यदि जानै पर्ने भयो भने अस्पतालमा एउटा पनि बेड नभएको मलाई राम्रोसँग जानकारी छ।

प्रत्येक दिन काठमाडौं ४ का निर्वाचन क्षेत्रका साथै उपत्यकाबाहिरका अनेकन व्यक्तिसँग टेलिफोनमा कुरा गरिरहेको छु। कतिपयलाई बेड मिलाउन कोसिस गरिरहेको छु। तर, एक्लो प्रयासको त्यति अर्थ रहँदैन। हामीलाई चाहिएको सिस्टम हो। सिस्टम सजिलोसँग बनाउन सकिने थियो। फागुनमै संसदमा छलफल गर्दैगर्दा कसरी काठमाडौंमा एउटा डेडिकेटेड अस्पताल बनाउने कुरा उठाइएको थियो। निजी अस्पतालबाट सहयोग लिन सकिने थियो। स्वास्थ्यमन्त्रीलाई मन्त्रालयमै भेटेर अक्सिजन प्लान्ट बनाउनेबारे सुझाव दिइएको थियो। सिस्टम कसरी बनाउने बारे पटक/पटक लेखेर, भनेर, संसद र बाहिर सुझाव दियौं। मैले मात्रै भनिरहेको थिइन। अरु थुप्रैले सल्लाह दिइरहनुभएको थियो।

हामीले उठाएका कुराहरु किन नसुनिएको होला?  किन नगरिएको होला? यिनै कुराहरुले मन पोलिरहेको छ। मेरो परिवार सुरक्षित रहेर मात्रै हुँदैन। मेरो परिवार संक्रमणबाट मुक्त भएर मात्रै हुँदैन। मेरो दायित्व र कर्तव्य निर्वाचन क्षेत्रका नागरिकप्रति मात्रै होइन। सबै नागरिकप्रति मेरो जिम्मेवारी छ। मेरो जिम्मेवारी सबैप्रति छ भने सबैभन्दा बढी जिम्मेवारी प्रधानमन्त्रीको हुनुपर्ने होइन? सबैभन्दा बढी जिम्मेवारी लिएको प्रधानमन्त्रीलाई पोल्नुपर्ने होइन? प्रधानमन्त्रीलाई अहिले दुख्नुपर्ने होइन? तर, प्रधानमन्त्रीलाई पोलिरहेको छ त?

अघिल्लो समयका कुरा नगरौं। संक्रमित भएर १२/१३ दिन देखि घरमा बसिरहँदा सेनापतिका रुपमा हाम्रो प्रधानमन्त्रीले के–के गर्नुभयो त? यहीबीचमा उहाँले के–के  गरिरहनु छ भनि पछ्याउने कोसिस गरें। कोरोनाका कारण प्रभावित भएको एकातिर स्वास्थ्य क्षेत्र छ। त्यहाँभित्र पनि नन-कोभिड। संक्रमण नभएको तर अन्य रोगको उपचार नपाएर अस्तव्यस्त भएको छ। अर्कोतिर, आर्थिक क्षेत्र तहसनहस भएको छ। हजारौं मान्छेहरु बेरोजगार भएका छन्। स्वरोजगार भएका व्यक्तिको जीवन अस्तव्यस्त बनेको छ। कंगाल बनेका छन्,सडकमा आइपुगेका छन्। यस्तो बेलामा यी कुनै पनि कुरामा प्रधानमन्त्रीले यी १२/१३ दिनमा ध्यान दिएको पाइएन।

प्रधानमन्त्रीको पहिलो प्राथमिकता प्रचण्डसँगको भेटघाटमा छ।पार्टीभित्रको झगडा, लुम्बिनी प्रदेश राजधानीमा आफ्नै दलका दुई नेता मिलाउने प्राथमिकता छ। प्रधानमन्त्रीको अहिलेको प्राथमिकता कर्णालीको झगडा मिलाउने छ। त्यसपछि मन्त्रिमण्डल पुनर्गठनले एकथरि नेताहरु रिसाउने भएपछि फकाउने र ढाल्नेभन्दा ध्यान छैन। जनतालाई पोलेको कुरालाई प्रधानमन्त्रीलाई छोएकै छैन। अब हामीले भन्नु नै पर्छ। हाम्रो प्रधानमन्त्रीसँग मुटु छैन। हाम्रो प्रधानमन्त्रीसँग मन छैन। प्रधानमन्त्रीसँग मुटु नै रहेनछ। यतिका कुरा हुँदै गर्दा दुख्दा पनि नदुख्ने,पोल्दा पनि नपोल्ने। छुँदा पनि नछुने भनेपछि प्रधानमन्त्रीसँग मुटु छैन। प्रधानमन्त्रीको ताल यस्तो छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतर्फ स्वास्थ्यको जिम्मा लिएको स्वास्थ्य मन्त्रालय बेताल छ। यसैबीचमा स्वास्थ्य मन्त्रालयले गरेको निर्णय हेरें। निर्णयमा सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने भनिएको छ। गरिब गुरुवा उपचारका लागि काठमाडौं उपचार गर्न आउँछन्,उनीहरु कहाँ गएर उपचार गर्ने? उनीहरुले उपचार कहाँ गर्ने? काठमाडौं उपत्यकाभित्र नेपाल मेडिकल, किस्ट मेडिकल कलेज छन्। मेडिकल कलेजहरुलाई लिन सकिन्छ। तिनिहरुमा सयौं बेड छन्। २५ सयदेखि तीन हजार बेड क्षमताको कोभिड अस्पताल बनाउन सकिन्छ। एउटा रोष्टर बनाएर गर्‍यो भने त्यहाँभित्र क्रिटीकल केसहरु हेर्न पनि सकिन्छ। त्योभन्दा बाहिर गर्ने कार्य काठमाडौंमा १५ हजार क्षमतासम्मको आइसोलेसन बनाउन सकिन्छ। 

भदौ महिनामै बनाउने गरि सक्ने भनिएको सामुदायिक आइसोलेसन कहाँ गयो? कन्ट्याक्ट ट्रेसिङ अझै बढी गर्‍यौं। सक्नेहरु होम आइसोलनमा बस्छन्। नसक्नेहरु सामुदायिक आइसोलेसनमा बस्छन्। अक्सिजन चलाउनुपर्ने अवस्थामा पुगेका बिरामीलाई मेडिकल कलेजसँग लिएका बेडमा क्रिटीकल केयर गर्न सकिन्छ।

सिस्टमको विकास गर्ने हो। काठमाडौंभन्दा बाहिरको परिस्थितिमा पनि यस्तै नै हो। स्थानीय र प्रदेश सरकारको समन्वय गरेर प्रभावकारी प्रणाली बनाउन सकिन्छ। सरकारले सिस्टमको कुरा नगरेर लहडमा निर्णय गर्दै आएको छ। आज निर्णय गर्ने तर २/३ महिनाको परिस्थितिको आँकलन पनि गरिएको हुँदैन। सरकारका कदम खाली ‘रियाक्ट’मात्रै छन्। कसैले सुझाव दिएको छ भने नानाभाँती गाली गर्ने सरकारी प्रवृत्ति छ। अनि, गलत कुरा गरेर ढाकछोप गरिँदै आइएको छ। पहिले केही पनि थिएन, अहिले चमत्कार गर्‍यौं भनि ढाकछोपको प्रयत्न भएको छ। सरकारी प्रवृत्तिले गर्न सकिने काम पनि गर्न सकिरहेका छैनौं। 

समय त धेरै घर्किएको छ। तर, गर्न सकिने समय अहिले पनि छ। स्रोत र साधन हामीसँग छ। सबै नागरिक यो बेला सरकारलाई मद्धत गर्न चाहिरहेका छन्। कोभिड नियन्त्रणका लागि सरकारले गरेका कदम असफल होस् भन्ने को चाहन्छ?  हामी सबै मान्छे हौं नि। सरकारको सफलतासँग प्रत्येका परिवार जोडिएको छ। राजनीतिक पूर्वाग्रहले हेरिए पनि यो बेला कोभिड नियन्त्रणमा सरकार सफल होस् नै भन्ने सबैको चाहना हुन्छ। कोभिड रेस्पोन्स ठीक ढंगले गरोस् भन्ने सबै नागरिक चाहन्छन्। गर्नुपर्ने कार्य नगरिरहेको देखिन्छ। अर्कोतर्फ नगर्नुपर्ने कार्य सरकारले गरिरहेको देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रधानमन्त्रीलाई देख्दा लाग्छ,यतिसम्मको असंवेदनशील शासक विश्वमा आजको दिनमा कहीँ छैन होला। यो हदमा बेसरोकार र असंवेदनशील सरकार विश्वमा कहीँ छ भन्ने लाग्दैन। सरकारलाई आफ्नो स्थानबाट झक्झकाउने कार्य गरिरहने नै हो।

नागरिकका पनि कर्तव्य छन्। सरकारले एक्लै गर्न सक्ने पनि होइन। अगाडिका दिनहरु अझै अप्ठ्यारो देखिरहेको छु। अत्याउन खोजेको होइन,सर्तक रहन आवश्यक छ। सचेत रहँदारहँदै पनि कतिपय सन्दर्भमा पनि चुकें। सक्रिय हुँदै गर्दा पनि सर्तकतासहित रहौं। स्वास्थ्य मापदण्डको पालना गर्नैपर्छ। म पनि संक्रमित भएर निस्केपछि थप सचेत भएर दैनिक क्रियाकलाप गर्ने सोचिरहेको छु। लागू गर्न सामान्य लाग्ने तर गर्नैपर्ने मास्कको प्रयोग तथा सामाजिक दूरी अनिवार्य पालना गरौं। सानो ध्यान दिदाँ आफूसहित परिवारलाई जोगाउँछौं। परिवारलाई जोगाउने भनेको समुदायलाई जोगाउने हो। आफ्ना परिवारका अग्रजलाई यसपटक बचाउन सक्यौं भने दसैं-तिहार फेरि पनि मनाउन सक्छौं। आशीर्वाद लिन सक्छौं। तसर्थ सक्रिय रहौं, तर सर्तकतासहित।

(दुई सातादेखि कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका कांग्रेस नेता थापाले बिहीबार सार्वजनिक गरेको भिडिये सन्देशमा व्यक्त विचार)

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ०९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गगन थापा
लेखकबाट थप
जनस्वास्थ्य आपतकाल घोषणा गरियोस्
बन्द कोठामा भएको खासखुसले अदालत प्रभावित नबनोस्
विषय चुनावको होइन‚ संविधानको हो
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्