काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन भर्चुअल अनलाइनबाट हुने भएको छ। महासंघको सभा मंसिर ११ र १२ गते काठमाडौंमा तय भएको छ।
साधारण सभाको उद्घाटन ११ गते हुनेछ भने १२ गते बन्द सत्र र भ्याए सोही दिन निर्वाचन हुनेछ । नभए १३ गते निर्वाचन गर्ने तयारी गरिएको छ।
साधारणसभा उद्घाटनका लागि गृह मन्त्रालयले समेत स्वीकृति दिइसकेको छ। निर्वाचन कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की बैंकेट बबरमहल र महासंघको कार्यालय टेकु गरी ३ स्थानमा हुने भएको छ।
महासंघको ५४ औं साधारण सभामा नेतृत्व चयनसमेत हुने भएकाले चुनावी चहलपहल सुरु भइसकेको छ। महासंघका वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल गरी दुई समूह चुनावी मैदानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।