काठमाडौं- गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीकाे रुट परमिट खारेज हुने भएकाे छ। बिहीबार गृह मन्त्रालयमा बसेकाे गृहमन्त्री रामबहादुर थापा 'बादल', भाैतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङसहित दुवै मन्त्रालयका पदाधिकारीकाे बैठकले साे निर्णय गरेकाे हाे।
केही यातायात कम्पनीले पुरानै यातायात समितिकाे सिन्डिकेटलाई निरन्तरता दिने गरी गैरनाफामूलक कम्पनी र एकल स्वामित्वमा रहने गरी यातायात कम्पनी खाेलेकाे गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएकाे हाे।
बैठकले सिन्डिकेट खारेजीको यसअघिको गृह मन्त्रालयकाे निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णयसमेत गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।