काठमाडौं- नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभाग केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका महासमिति सदस्य सागरकुमार श्रेष्ठले जन्म दिनकाे अवसरमा पत्रकार पुरस्कार काेष स्थापना गरेका छन्।
पत्रकार महासंघका पूर्वसदस्य समेत रहेका श्रेष्ठले बुबा सुरेन्द्र कुमार श्रेष्ठ तथा आमा कमला श्रेष्ठको नामबाट २५ हजार राशीको पुरस्कार घाेषणाा गरेका हुन्।
उक्त पुरस्कार नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले हरेक वर्ष पत्रकारितामा सक्रिय रहेका पत्रकारलाई दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।