काडमाडौं –नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ।
बानेश्वरस्थित निधि निवासमा पुगेर कोइरालाले भेट गरेका हुन्।
दुई नेताहरूबीच करिब एक घण्टा संवाद भएको थियो। दुई नेताबीच पार्टीको पछिल्लो राजनीति अवस्था र मुलुकको समसामयिक राजनीतिका विषयमा छलफल भएको निधि सचिवालयले जनाएको छ।
हिजो नेता पूर्णबहादुर खड्काले इतर पक्षको बैठक राखेका थिए। बैठकले सहमतिका लागि संस्थापन पक्ष सकारात्मक नभएको निष्कर्ष निकाल्दै मिल्ने सम्भावना कमजोर रहेको निष्कर्ष निकालेको थियो।
तर खड्काले राखेको बैठकमा कोइराला गएका थिएनन्। अर्को बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेगरी सोमबारको लागि राखिएको छ।
यसअघि बिहिबार नेता निधि निवासमै प्रकाशमान सिंह र डा। शशांक कोइरालाबीच पनि भेट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।