काठमाडौं– वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको सय दिन पूरा गरेको छ । यस अवसरमा सरकारले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनमार्फत उपलब्धि विवरण सार्वजनिक गरिएको छ ।
पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रका नीति, कार्यक्रम र कार्यान्वयनको प्रगतिबारे जानकारी दिए ।
सरकार गठनसँगै प्राथमिकता निर्धारण गर्दै सय दिने कार्यसूची तयार पारी त्यसकै आधारमा काम अघि बढाएको थियो । पत्रकार सम्मेलनमा ती कार्यसूचीअन्तर्गत भएका प्रगति, सम्पन्न भएका कार्यक्रम तथा सेवा प्रवाहमा गरिएका सुधारका विषय सार्वजनिक गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।