काठमाडौं- पूर्व प्रधानमन्त्री झलनाथ खनालको फोक्सोमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या आएको ह्याम्स अस्पतालले जानकारी दिएको छ।
खनालको उपचार भइरहेको ह्याम्सले जारी गरेको प्रेस नोटमा उनको शरीरमा पानीको मात्रा बढी हुनुका साथै दुवै फोक्सोमा पानी जमेको कारण श्वासप्रश्वासमा पानी जमेको उल्लेख गरिएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माका अनुसार उनको कोरोना भाइरस परीक्षणको पिसिआर रिर्पोट नेगेटिभ आएको छ।
अस्पतालका अनुसार खनालको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र यही गतिमा प्रगति भएमा केही दिनमा डिस्चार्ज गरिनेछ।
उनको उपचारमा डा अर्जुन कार्की, डा रक्षा पाण्डे, र डा राजु पंगेनीको टोली खटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।