पर्सा- पर्सा जिल्लाको ठोरी गाउँपालिका-४ स्थित गोपी बस्तीबाट एक नाल भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ। बिहीबार उनीहरूलाई एपिएफको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा गोपीबस्तीकै २५ वर्षीय अमन लामा, ३२ वर्षीय बाबुराम लामा, ३४ वर्षीय कुमार लामा र ३५ वर्षीय सानुबहादुर तामाङ छन्।
हो-हल्ला गरी हिँडिरहेको अवस्थामा उनीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट सुवर्णपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जाँच गर्दा उनीहरुको साथमा भरुवा बन्दुक तथा चार वटा गोलीका साथै एक थान खुकुरी फेला परेको थियो।
पक्राउ परेकाहरुलाई बरामद भरुवा बन्दुक, गोली र खुकुरीसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।