काठमाडौं- साइबर अपराधमा कारबाही र क्षतिपूर्ति भराइदिनुपर्ने भन्दै काठमाडौं जिल्ला अदातमा उनीविरुद्ध मुद्दा दायर गरिएको ब्यूरोले जनाएको छ।
ख्यातिप्राप्त महिला कलाकारलाई आपत्तिजनक सन्देश पठाउने, अश्लिल बोल्ने, प्रतिक्रिया जनाउने र फोटो बिगारेर सामाजिक सञ्जालमा पोष्ट गर्दै साइबर अपराध गर्ने युवकविरुद्ध मुद्दा दायर गरिएको छ।
‘ढकारी गाउँपालिका अनलाइनखबर फेसबुक पेजमा समाजमा अपाच्य हुने किसिमका स्टाटसहरु लेख्नुका साथै महिला कलाकारका फोटा एडिट गरेर ट्रोल बनाई पोस्ट गरिएको थियो। उक्त पोस्टविरुद्ध एक महिला कलाकारले केन्द्रीय साइबर ब्यूरोमा जोहरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा ब्यूरोले अछामको ढकारी गाउँपालिका–५ चैनपुर बस्ने किरण क्षेत्री भन्ने किरण बुढालाई पक्राउ गरी मुद्दा चलाएको हो।
उनले विभिन्न फेसबुक पेज खोली महिला कलाकारको चरित्र हत्या हुने किसिमका स्टाटस राख्ने, भिडियो फोटा एडिट गरेर पोस्ट गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा (१) को कसुरअन्तर्गत मुद्दा दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।