काठमाडौं– चाइल्ड पोर्नोग्राफी (बाल अश्लिलता) फैलाएको आरोपमा केन्द्रीय साइबर ब्यूरोले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको रावा बेशी गाउँपालिका–६ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २१ वर्षीय नितेश भन्ने प्रविण ढकाल छन्।
ढकालले एक नाबालकलाई सामाजिक सञ्जाल फेसबुक मेसेन्जरबाट बाल अश्लिलता फैलाएका थिए। साइबर टिपलाइन र पीडित नाबलकको जाहेरीको आधारमा अनुसन्धानमा खटिएको ब्यूरोको टोलीले ढकाललाई पक्राउ गरेको हो।
मेसेन्जरमार्फत् बाल अश्लिलता भएको भिडियो पठाई अमर्यादित कार्य गर्ने, हैरानी दिने काम गरेको अनुसन्धानबाट खुलेको छ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेकाले सोहीअनुसार ढकालविरुद्ध कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
साइबर अपराधमा कारबाही र क्षतिपूर्ति भराइदिनुपर्ने भन्दै काठमाडौं जिल्ला अदातमा उनीविरुद्ध मुद्दा दायर गरिएको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।