पर्सा–ठोरी गाउँपालिका–४ औराही खोलाको बगरबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरीसहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका–४ बस्ने ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुनबहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा रहेका छन् ।
उक्त स्थानमा लागुऔषध गाँजा लिएर आउँदै छन् भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्थानमा लुकिछिपि बसेको अवस्थानामा फेला पारी तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।