काठमाडौं–नेकपामा भएको ‘कर्णाली प्रदेश विद्रोह’ का विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रदेशको टोलीबाट ब्रिफिङ लिने भएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेश कमिटीका पदाधिकारीलाई पार्टी केन्द्रीय कार्यालयमा आउन सूचना दिइएको कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले बताए।
‘हामीलाई तपाईहरु दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराही आउनुस् भनिएको थियो, समय तोकिएको छैन,’ बोगटीले भने, ‘हामी नेता भेट्न धुम्बाराही आईपुगेका छौं, अझै छलफल सुरु हुने छाँट देखिएको छैन ।’
छलफलमा ओली तथा प्रचण्डसहित कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष बोगटी, सचिव मायाप्रसाद शर्मालगायत नेताहरु सहभागी हुने भएका छन्।
कर्णाली प्रदेशका सबै गुनासा सुनेपछि २ अध्यक्ष निष्कर्षमा पुग्नेछन्। गत आईतबार मुख्यमन्त्री शाहीविरुद्ध १८ जना सांसदले अविस्वास प्रस्ताव ल्याएका थिए। विवादकैबीच वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु पछाडी हटेपछि अविस्वास प्रस्ताव अलपत्र परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।