काठमाडाैं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कर्णाली प्रदेशमा पार्टीभित्र भएको विद्रोहका विषयमा आफ्नै निवास खुमलटारमा ब्रिफिङ लिइरहेका छन्।
प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविस्वास प्रस्ताव कसरी आयो भन्ने विषयमा सबै नेताहरुबाट रिपोर्टिङ लिईरहेको नेता निरज आचार्यले बताए। छलफलमा वरिष्ठ नेता माधकुमार नेपाल, प्रदेशका इन्चार्ज एवं स्थायी कमिटी सदस्य जनार्दन शर्मा, मुख्यमन्त्री शाही, नेपाल पक्षका नेता निरज आचार्यसमेत सहभागी भएका छन्।
‘अध्यक्ष कमरेडले कर्णालीमा किन विवाद भयो, किन समस्या आयो, कहाँ–कहाँ कमजोरी भयो भन्ने विषयमा रिपोर्टिङलिईरहनु भएको छ’ आचार्यले भने, ‘प्रदेशका कमरेडहरुले एक–एकगरी भनिरहनु भएको छ। छलफल जारी छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।