काठमाडौं– नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।

श्रेष्ठद्वय पहिलोपटक मन्त्री बनेका हुन्। नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हाल्ने जनाइएकाे छ।

पुनर्गठनका क्रममा सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई दिइएको छ। यसैगरी रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राखेका छन्। यसअघिका रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी उपप्रधानमन्त्री तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।