• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘स्थिर सरकार’ मा मन्त्री फेरिएका फेरियै

64x64
नेपाल लाइभ बिहीबार, असोज २९, २०७७  १०:३८
1140x725

काठमाडौं- देशमा विकास नहुनुको कारण अस्थिर सरकार भएकाले आफूहरुले स्थिर सरकार बनाउने र विकास गर्ने विश्वास दिलाउँदै तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनले चुनावमा मत मागेका थिए। जनताले मत पनि दिए। तर, सरकार बनेको ३२ महिनामा एक दर्जन पटक मन्त्रिपरिषद् पुनर्गठन भइसकेको छ। प्रधानमन्त्री फेर्ने चर्चा पनि बेलाबखत चल्ने गर्छ।

बुधबार मन्त्रिपरिषद्‌मा केही नयाँ अनुहार थपिएका छन्। केहीको जिम्मेवारी हेरफेर गरिएको छ। २०७४ फागुन ३ मा गठन भएको  यो मन्त्रिपरिषद्‌मा बुधबारसमेत गरी ११औं पटक पुनर्गठन भएको छ।

२०७४ फागुन ३ मा गठन भएको मन्त्रिषरिषद्‌मा फागुन १४, चैत २, २०७५ जेठ १८, साउन १८, फागुन १६, २०७६ साउन १५, मंसिर ४ तथा फागुन ५, फागुन ८, फागुन २१ पनि हेरफेर गरिएको थियो। यी समयमा कुनैबेला नयाँ मन्त्री थपिएका छन्, कुनैबेला हटाइएका छन्, कुनैबेला प्रधानमन्त्री स्वयंले कुनै मन्त्रालयको जिम्मेवारी आफैंले लिएका छन्।

मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुनसक्ने संवैधानिक प्रावधान छ। रोचक के छ भने,  वर्तमान मन्त्रिपरिषद्‌मा कुनै बेला सदस्यकै रुपमा रहेका १५ सदस्य अहिले छैनन्। रवीन्द्र अधिकारी, शेरबहादुर तामाङ, मातृका यादव, रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, थममाया थापा, चक्रपाणी खनाल, मोहम्मद इश्तियाक राई, गोकुलप्रसाद बाँस्कोटा, धनबहादुर बुढा, रामकुमारी चौधरी, डा सुरेन्द्रकुमार यादव र युवराज खतिवडा अहिले मन्त्रिपरिषद्‌मा छैनन्। उनीहरुमध्ये केही मन्त्रिपरिषद् पुनगर्ठन गर्दा बाहिरिए। केही विवादमा परेका कारण वा नपरे पनि राजीनामा दिएर बाहिरिए। एकजना मन्त्रीको मृत्यु भएको थियो।

केही मन्त्रालयमा निरन्तर मन्त्री हेरफेर भइरहेका छन्। जस्तो, सुरुवातमा शेरबहादुर तामाङले सम्हालेको कानुन मन्त्रालय भानुभक्त ढकाल (साउन २८, २०७५), उपेन्द्र यादव (मंसिर ४, २०७६), पुन ढकाल (पुस २५, २०७६) हुँदै अहिले शिवमाया तुम्बाहाङ्फे (फागुन ५, २०७६) ले सम्हालेकी छिन्। सहरी विकास, स्वास्थ्य र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि नयाँ नेतृत्व आएका र आउने छन्। मन्त्रीहरु बाहिरिने क्रम चलिरहँदा कैयौं मन्त्रालय प्रधानमन्त्रीकै जिम्मेवारीमा थपिने र कतिपय मन्त्रीलाई दोहोरो जिम्मेवारी पर्ने गरेको पनि छ।

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्रीहरु बाहिरिने र जिम्मेवारी हेरफेर हुने क्रम चलिरहँदा मन्त्रालयका काममा सधैं अन्योल र तरलता देखिने गरेको छ। नयाँ मन्त्रीहरुले ‘मन्त्रालय बुझ्दै छु’ भन्ने गरेका छन्। यस्ता अभिव्यक्तिले स्थिरताभित्र अस्थिरताको संकेत गर्छन्।

सरकार पुनर्गठनको कारणले मात्रै होइन, सरकार गठन हुने बेलाको अवस्था, पार्टीभित्रको शक्ति संघर्ष, प्रधानमन्त्री ओलीको अनेक चाहना तथा बेलाबखत निम्तिने विशेष परिस्थितिको कारण पनि मन्त्रिपरिषद्‌मा हलचल आउने गरेको छ।

तत्कालीन एमाले र माओवादी केन्द्रले चुनावमा गठबन्धन गरे पनि मन्त्रिपरिषद् गठन हुने बेलासम्म दुई पार्टी एक भइसकेका थिएनन्। त्यसैले यी दुवै पार्टीले आपसी भागबण्डा र शक्ति सन्तुलनलाई ख्याल गरेर मन्त्रालयको बाँडफाँट गरेका थिए। त्यो एक किसिमको संयुक्त सरकारजस्तो थियो। मन्त्री भएका दुवै पार्टीका नेताहरुले सुरुवाततिर एउटै पार्टीको सरकार हो वा संयुक्त हो भन्नेमा अलमलमै रहेको बताउने गरेका थिए। त्यसको कारण थियो, पार्टी एकीकरण हुने मनोविज्ञान तयार भइसकेको थियो तर एकीकरण बाँकी थियो।

मन्त्रिपरिषद्लाई अस्थिर जस्तो देखाउने अवस्था नेकपाभित्रैको शक्ति सन्तुलनले पनि सिर्जना गर्‍यो। असारदेखि भदौसम्म चलेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पार्‍यो। त्यही कारण केही समययता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ। बुधबार गरिएजस्तो मन्त्रिपरिषद् पुनर्गठन पुनः हुने आँकलन छ।

पार्टीभित्रका शक्ति संघर्ष छँदैछन्। त्यसका अतिरिक्त संसदमा दुई तिहाइको शक्तिको नेतृत्व गर्ने प्रधानमन्त्री ओलीको चाहना अनुसार तत्कालीन संघीय समाजवादी फोरम (२०७६ बैशाखपछि समाजवादी र २०७७ वैशाखपछि जनता समाजवादी पार्टी)लाई पनि मन्त्रिपरिषद्‌मा सामेल गराइयो। २०७५ जेठ १८ गतेको विस्तारसँगै सो पार्टीका उपेन्द्र यादव र मोहम्मद इश्तियाक राई क्रमशः उपप्रधान तथा स्वास्थ्य र सहरी विकास मन्त्री भए। साउन १८ गतेको सोही पार्टीका डा सुरेन्द्र यादव राज्यमन्त्री भए। एकल सरकार पुनः संयुक्त भयो।

फोरमलाई सरकारमा ल्याउनुअघि २०७५ जेठ १४ मा ओली, प्रचण्ड र यादवबीच दुई बुँदे सहमति भएको थियो। सोही सहमतिले सरकारलाई सधैं तनावमा राख्यो। गत पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा यादवद्वारा प्रस्तुत गर्न खोजिएको संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले रोकिदिएपछि सो पार्टीका तर्फबाट बाँकी मन्त्री उपेन्द्र र मोहम्मदले भोलिपल्टै सरकार छाडेका थिए। डा सुरेन्द्र भने मंसिर ४ गतेको मन्त्रिपरिषद् पुनर्गठनमै बर्खास्तीमा परेका थिए।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्