काठमाडौं– घरेलु टोली इंग्ल्यान्ड नेसन्स लिग फुटबलमा पराजित भएको छ। बुधबार राति भएको खेलमा इंग्ल्यान्ड डेनमार्कसँग १–० गोलअन्तरले पराजित भएको हो।
डेनमार्कको जितमा क्रिस्टियन इरिकसेनले गोल गरे। खेलको ३१ औं मिनेटमा नै ह्यारी म्यागुइरले दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा झरेको थियो। खेलको ३५ औं मिनेटमा इरिकसेनले गोल गर्दै डेनमार्कलाई १–० गोलको अग्रता दिलाए।
खेलको अतिरिक्त समयमा रिस जेम्सले रातो कार्ड खाँदै मैदान छाडेपछि इंग्ल्यान्ड ९ खेलाडीमा झरेको थियो। डेनमार्कले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै इंग्ल्यान्डमाथि १–० गोलको जित निकालेको हो।
त्यस्तै, अर्को खेलमा बेल्जियमले आइसल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ। बेल्जियमको जितमा दुबै रोमेलु लुकाकुले गरे। आइसल्यान्डका लागि भने बिर्किर साभरसनले गोल फर्काए। खेलको नवौं मिनेटमा लुकाकुले गोल गर्दै गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। खेलको १७ औं मिनेटमा साभरसनले गोल गर्दै १–१ गोलको बराबरी दिलाए। तर खेलको ३८ औं मिनेटमा पेनाल्टीबाट लुकाकुले गोल गर्दै बेल्जियमलाई २–१ गोलको जित दिलाए।
त्यस्तै, पोल्यान्डले बोसनियालाई ३–० गोल अन्तरले पराजित गरेको छ। रोबर्ट लेवान्डोस्कीले दुई र एक गोल क्लिचले गरे। इटालीले भने नेदरल्यान्ड्ससँग १–१ गोलको बराबरी खेलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।